सर्वोत्कृष्ट राष्ट्रिय भावको गीतकार अवार्ड पूजा मारियालाई

डिसी नेपाल
१७ असार २०७९ ७:२४
60
Shares

काठमाडाैं। सर्वोत्कृष्ट राष्ट्रिय भावको गीतकार अवार्ड पूजा मारियालाई प्रदान गरिएको छ। हालै काठमाडाैंमा सम्पन्न आठौं नेशनल क्यापिटल अवार्ड २०७८ बाट सर्वोत्कृष्ट राष्ट्रिय भावको गीतकार अवार्ड इटहरी सुनसरी निवासी गीतकार पूजा मारियालाई उक्त अवार्डले सम्मान गरिएको हाे।

हातमा हात मिलाउँदै राष्ट्रको झण्डा फहराउँदै।
अगाडि बढौं नेपाली शान्तिको सन्देश फैलाउँदै।

बोलको गीतमा बिपिन आचार्यको संगीत/ एरेन्ज रहेको छ भने गायक सुमित खड्काले स्वर दिएको मारियाको उक्त गीत आठौं नेशनल क्यापिटल अवार्ड २०७८ को सर्वोत्कृष्ट गीत घोषित भएको हो।

राजधानी बाहिर बसेर आफ्नो गीति लेखन क्षेत्रलाई निरन्तरता दिरहेकी पूजा मारियाले आफ्ना गीतहरुबाट यसअघि पनि विभिन्न अवार्ड तथा सम्मान पाइसकेकी छन्। सानैदेखि साहित्यमा रुचि राख्ने मारिया प्राय जसो गीत लेखन तिर ज्यादा कलम चलाउने गर्छिन्।

राष्ट्रिय भाव, आधुनिक, लोक दोहोरी, लगायत बिभिन्न कलचरका अडियो तथा भिडियो गरी पाँच दर्जन भन्दा ज्यादा उनका गीतहरु बजारमा आइसकेका छन् भने चार वटा गीति एल्बमसमेत प्रकाशित भैसकेका छन् जस मध्ये उनको राष्ट्रिय भावको “नेपाल आमा” नामक पहिलो गीति एल्बम बजारमा आएको मारिया बताउँछिन्।

डेढ दशकदेखि सांगीतिक क्षेत्रमा पाइला टेकेकी गीतकार मारियाका गीतहरु, प्रमोद खरेल, आनन्द कार्की, सुमित खड्का, उदय सोताङ, अन्जु पन्त, मेलिना राई, बिमला राई, जस्ता चर्चित गायक/ गायिकाले स्वर दिएका छन् भने हालै केशब पौडेलको संगीत, मान्डबी त्रिपाठी, आनन्द कार्कीको स्वरमा गीत रेकर्डिङ रहेकाे छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *