बलिउडकी लोकप्रिय डान्सर शीला वाजको निधन

डिसी नेपाल
१७ असार २०७९ ९:५७

मुम्बई। बलिउडको सन् ५० देखि ६० को दशकका फिल्ममा प्रमुख डान्सरका रूपमा परिचित शीला वाजको निधन भएको छ। उनको ९० वर्षको उमेरमा मुम्बईमा निधन भएको हो।

उनको जन्म र पालनपोषण मुम्बईको गोवामा एक क्याथोलिक परिवारमा भएको थियो। भारतीय लोक नृत्यमा अब्बल शीलालाई नृत्यमा आउन सजिलो थिएन। सुरुवातमा उनले फिल्ममा आउनु अघि परिवारलाई निकै सम्झाउनु परेको थियो।

शीलाले सन् १९५० र १९६० को दशकमा कैयौं सदाबहार गीतमा नृत्य गरेकी थिइन्। उनको नृत्य ‘सीआईडी’को ‘लेके पहला पहला प्यार’, ‘श्री ४२०’ को ‘रमैया विशाल वैया’ र ‘छोटे नवाब’को ‘घर आजा घेर आया बद्र सांवरिया’ मा हेर्न पाइन्थ्यो।

शीलाले किशोर साहुको ‘मेयर पंख’बाट अभिनय सुरुवात गरेकी थिइन्। यद्यपि यो फिल्म रिलिज हुनुअघि ‘गुनाह’ रिलिज भयो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *