बलिउडकी लोकप्रिय डान्सर शीला वाजको निधन

डिसी नेपाल
१७ असार २०७९ ९:५७
184
Shares

मुम्बई। बलिउडको सन् ५० देखि ६० को दशकका फिल्ममा प्रमुख डान्सरका रूपमा परिचित शीला वाजको निधन भएको छ। उनको ९० वर्षको उमेरमा मुम्बईमा निधन भएको हो।

उनको जन्म र पालनपोषण मुम्बईको गोवामा एक क्याथोलिक परिवारमा भएको थियो। भारतीय लोक नृत्यमा अब्बल शीलालाई नृत्यमा आउन सजिलो थिएन। सुरुवातमा उनले फिल्ममा आउनु अघि परिवारलाई निकै सम्झाउनु परेको थियो।

शीलाले सन् १९५० र १९६० को दशकमा कैयौं सदाबहार गीतमा नृत्य गरेकी थिइन्। उनको नृत्य ‘सीआईडी’को ‘लेके पहला पहला प्यार’, ‘श्री ४२०’ को ‘रमैया विशाल वैया’ र ‘छोटे नवाब’को ‘घर आजा घेर आया बद्र सांवरिया’ मा हेर्न पाइन्थ्यो।

शीलाले किशोर साहुको ‘मेयर पंख’बाट अभिनय सुरुवात गरेकी थिइन्। यद्यपि यो फिल्म रिलिज हुनुअघि ‘गुनाह’ रिलिज भयो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *