अनुहारमा आउने दाग, सुख्खापनले हैरान हुनुहुन्छ ? यस्ता छन् घरेलु उपाय

डिसी नेपाल
१९ असार २०७९ १०:५८

काठमाडौं। अनुहारको छालामा आउने दाग र सुख्खापनले तपाईको सौन्दर्यतामा बाधा पुग्ने गर्दछ । अनुहारमा भएको चमक हराएर जान्छ । अनुहारमा भएको दाग धब्बा हटाउनका लागि बजारमा पाइने विभिन्न प्रकारका औषधीको प्रयोग पनि गरेको हामी पाउँछौं । तर पहिला जस्तो अनुहारको चमक फर्किन सकेको हुँदैन । यस्तो अवस्थामा हामी तपाईलाई एउटा प्रभावकारी घरेलु उपाय बताउँदै छौं । जसले तपाईको अनुहारलाई पहिले जस्तै चम्किलो बनाउनेछ र कालो दाग पनि हराएर जानेछ । बिग्रिएको अनुहारको छालालाई यसरी पर्नुहोस निको पर्ने यस्ता छन् घरेलु उपायहरु ।

– एक चम्चा दूध, चामलको पिठो र भिटामिन ई क्याप्सुल मिसाएर अनुहारमा प्याकको रूपमा लगाउनाले छालाको मृत कोशिकाहरू हट्छ र नयाँ कोशिकाहरूको विकासमा मद्दत गर्छ। यसो गर्दा अनुहारको दाग हलुका हुन्छ र चमक कायम रहन्छ।

–एक चम्चा दूधमा मेवाको गुदी मिलाएर मास्कको रूपमा अनुहारमा लगाउनाले दागको दाग हराउन थाल्छ । अनुहार दाग मुक्त हुन्छ । यसका साथै छालाको कोमलता पनि रहिरहन्छ ।

साथै, चन्दन र दूधको प्रयोगले छालालाई चम्किलो बनाउन पनि काम गर्छ। तपाईंले एक चम्चा दूधमा चन्दनको धुलो मिसाएर अनुहारमा १० मिनेटसम्म राख्ने र त्यसपछि सामान्य पानीले धुनुहोस्। अनुहारको छाला पहिलेको भन्दा धेरै चम्किलो हुनेछ ।

यसका अलावा सादा दूधलाई अनुहारमा लगाएर केही समयसम्म छोड्न सक्नुहुन्छ। यो छालालाई नरम र हाइड्रेटेड राख्न पनि धेरै सहयोग गर्दछ। तपाईंले गर्न सक्ने अर्को घरेलु उपाय दही हो। दहिलाई लगाउनाले अनुहारमा चमक आउँछ । दाग गायब हुन्छ। छाला सुख्खा भएकाहरुको लागि दही धेरै राम्रो हुन्छ । तर तैलीय छाला भएकाहरूले यसलाई लगाउनु हुँदैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *