कविता : डर
मलाई आजकल मान्छेसँग डर लाग्छ
आफ्ना मान्छेहरूसँग पो डर लाग्छ
मान्छे बीचको भावनासँग डर लाग्छ
सोच बनाउने संस्कारदेखि डर लाग्छ
कहिले आफ्नै विचारदेखि डर लाग्छ।
मलाई तिमीसँग केही पनि गुनासो छैन
तिमीले गर्ने व्यवहारदेखि पो डर लाग्छ
मलाई आजकल मान्छेसँग डर लाग्छ
उस्का विभेदको बिलापदेखि डर लाग्छ
कहिले आफ्नै बिचारदेखि डर लाग्छ।
मलाई कसैसँग केही पनि गुनासो छैन
मान्छेहरूका बिरूद्ध कुरासँग डर लाग्छ
अनन्त बिकृतिहरुमा रम्नेसँग डर लाग्छ
सहनसक्ने संययित मनहरूसँग डर लाग्छ
यस्तै असाधारण स्वभावहरूसग डर लाग्छ।
सम्पूर्ण न्याय मरेको पद्धतिदेखि डर लाग्छ
आत्मकेन्द्रित धारबाट बिचलित मनहरू सम्म
स्वार्थलिप्त आबाजहरूसँग असाध्यै डर लाग्छ
ममा केन्द्रित प्रबृत्तिजन्य होडबाजीको गुन्जनमा
सुनसानको मसानघाट मुस्कइरहेको देखिरहँदा
नजरअन्दाजमा सुतिरहेको रात देखि डर लाग्छ
साच्चिकै मलाई आजकल मान्छेसग डर लाग्छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment