किसानलाई ३० हजार कागतीका बिरूवा वितरण

डिसी नेपाल
२६ असार २०७९ १३:४०
52
Shares

बैतडी। बैतडीको डिलाशैनी गाउँपालिकाले किसानहरूलाई कागतीका बिरुवा वितरण गरेको छ। एक मतदता एक बिरुवा कार्यक्रमअन्तर्गत ३० हजार कागतीका बिरुवा वितरण गरेकाे गाउँपालिकाले जनाएको छ।

आर्थिक बर्ष २०७८/०७९ मा विनियोजित बजेटबाट बिरुवा वितरण गरिएको गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्ट यदुले बताए।

यसअघि निवेदन संकलन गरिएकोमा एक परिवारले करिब ५० बिरुवा पाएको प्रवक्ता भट्टले बताए। बिरुवा वितरण कार्यक्रमलाई आर्थिक बर्ष २०७९/०८० मा समेत जारी राख्ने उनको भनाइ छ।

कृषि पेशामा लागेका किसानलाई व्यवसायिक कृषिमा आवद्ध गराई आत्मनिर्भर बनाउने लक्ष्यसहित बिरूवा वितरण गरेकाे गाउँपालिका अध्यक्ष सन्तोषप्रकास जोशीले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *