कालिकोटमा पाँच तले घर भत्किँदा ६ जना घाइते
कालिकोट। कालिकोटको खाँडाचक्र नगरपालिका–१ बस्ने लक्ष्मी पाण्डेको पाँच तले घर भत्किँदा छ जना घाइते भएका छन्।
घर भत्केको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कालिकोट, नेपाली सेना र सशस्त्र प्रहरी बल नेपालबाट खटिएको प्रहरीले जेसिबीको सहयोगमा घाइतेहरूको उद्धार गरेको थियो।
घाइतेहरुलाई उपचारको लागि जिल्ला अस्पताल पठाएकोमा तीन जना उपचार पश्चात डिस्चार्ज भएका छन्। घाइते दुई जनालाई थप उपचारको लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाइएको छ।
प्रहरीबाट थप उद्धार कार्य भइरहेको छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment