श्रीलंकामा नयाँ राष्ट्रपति नियुक्त
काठमाडौं । श्रीलंकामा आज फेरि भीषण विरोध प्रदर्शनका बीच सरकारले ठूलो निर्णय गरेको छ । सभामुख अभयवर्धनेले राष्ट्रपति गोटाबाया राजापाक्षेले प्रधानमन्त्री रनिल विक्रमासिंघेलाई कार्यवाहक राष्ट्रपति बनाउने घोषणा गरेको जानकारी दिएका छन् ।
श्रीलंकाको हालत यति खराब छ कि प्रदर्शनकारीहरू सरकारी समाचार च्यानलमा समेत प्रवेश गरेका छन् । यति मात्रै होइन, त्यहाँ एक प्रदर्शनकारी न्यूज एङ्कर बनेर बसेर बोल्न थाले । हाल यस सरकारी समाचार च्यानलको प्रसारण बन्द गरिएको छ ।
श्रीलंकामा प्रदर्शनकारी सुरक्षा घेरा तोडेर प्रधानमन्त्री निवासमा प्रवेश गरेका छन् । यी मानिसहरूले प्रधानमन्त्री रनिल विक्रमासिङ्घेको राजीनामा पनि मागिरहेका छन्। रनिल विक्रमासिङ्घेको निजी निवासमा पनि आन्दोलनकारीले आगजनी गरिसकेका छन् ।







डिसी नेपाल







Facebook Comment