डिसी नेपालले मनायो १५ औँ वार्षिक उत्सव {भिडियोसहित }

डिसी नेपाल
२९ असार २०७९ १६:३०
380
Shares

काठमाडौं। डिसी नेपाल प्रा.लिले १५ औँ वार्षिक उत्सव मनाएको छ। स्थापना कालदेखि नै पाठक, दर्शक र स्रोता माझ विश्वासनिय छवी बनाउँदै आएको डिसीले आज भव्यताका साथ १५ औँ वार्षिक उत्सव मनाएको हो। सो अवसरमा संस्थामा आवद्ध सम्पूर्ण पत्रकारहरुलाई प्रोत्साहन स्वरुप सम्मान पनि गरेको थियो।

पत्रकारहरुलाई सम्मान गर्दै प्रकाशक दीपा पौड्यालले संस्थालाई यो उचाईंसम्म ल्याउन परिश्रम गरेका सबै सहकर्मीहरुलाई धन्यवाद व्यक्त गरेकी छिन्। ‘कुनै पनि संस्था एकल रुपमा चल्न सक्दैन। १५ वर्षको यात्रामा विभिन्न संचारकर्मीहरुले योगदान गर्नुभएको छ। उहाँहरुको योगदानले नै आज हामी यो स्थानमा आएका छौँ।त्यसकारण संस्थामा आवद्ध वर्तमान र पूर्वसहकर्मी सबैलाई धन्यवाद दिन चाहन्छु,’

पौड्यालले भनिन्, ‘डिसी नेपाल नेपाललको पुरानो अनलाईन संचार माध्यम हो। हामीले सम्प्रेषण गर्ने सूचना धेरै पाठकका माझ लोकप्रिय बनेको छ।त्यसकारण सत्य,तथ्य सूचना सम्प्रेषण गर्नमा डिसी नेपाल कहिल्यै चुक्दैन।’

कार्यक्रमको प्रमुख अथितिका रुपमा संचालक समितिका सदस्य अमेरिकाबाट कवीन्द्र सिटौला आएका थिए। उनले डिसी नेपालको पत्रकारीताले नेपालमा मात्र नभएर विश्वभरका पाठकहरुलाई नै प्रभावित तुल्याएको बताए। पत्रकारिता राज्यको चौथो अंग भएकाले पेशाप्रति समर्पित पत्रकारहरुलाई सम्मान गर्दै संस्थालाई थप मर्यादीत र विश्वासनीय बनाउनेमा आफ्नो भूमिका सँधै रहने बताए।

१५ वर्षको यात्रामा विभिन्न आरोह,अवरोह पार गर्दै आजको मितिसम्म पनि पाठकको माझ लोकप्रिय भएकाले थप यात्राका लागि संस्थालाई शुभकामना पनि व्यक्त गरेका छन्।

भिडियो हेर्नुहोस्:


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *