तुलसीपुरको सडकमा छाडाचौपाय, व्यवस्थापनमा मौन स्थानीय सरकार

डिसी नेपाल
२९ असार २०७९ २०:०८

दाङ । केही समय छाडा चौपाया नदेखिएको तुलसीपुर बजारक्षेत्रमा कहिदिनयता पुन सडकभरि छाडा चौपायाको लस्कार देखिन थालेको छ ।

सडक तथा चोक–चोकमा छाडा पशुचौपाया देखिन थालेसँगै तुलसीपुर बजारक्षेत्रमा दुर्घटनाको जोखिम बढेको छ । सडकनै अवरोध हुनेगरी पशुचौपाया हिँड्दा सवारी साधन आवतजावत समस्या हुने गरेको छ । सडक दुर्घटनाको जोखिम पनि उत्तिकै छ ।

बजारक्षेत्रका मुख्य चोक तथा सडक आसपासमा छाडा चौपायहरु दैनिक रूपमा देखिन्छन् । पशुचौपायका कारण नागरिकलाई सास्ती खेप्नु परेको छ । तर पनि स्थानीय सरकारले यस विषयमा ध्यान दिन सकेको छैन ।

पशुचौपाय र बजार व्यवस्थापन तुलसीपुर क्षेत्रको पहिलो आवश्यकता भए पनि स्थानीय सरकारले यसतर्फ ध्यान दिन नसकेको स्थानीयको गुनासो छ । स्थानीय तहमा निर्वाचित भएर आएका नयाँ जनप्रतिनिधिहरूले छाडा पशुचौपायलाई महत्त्वका साथ हेर्न नसकेको उनीहरूको गुनासो छ ।

छाडा पशुचौपायाको व्यवस्थापनका लागि तुलसीपुर उपमहानगरपालिका–१३ मा तुलसी गौशाला सञ्चालन गरिएको छ । गौशालामा अहिले तीन सय पशुचौपाया राखिएको छ । तर गौशाला व्यवस्थापन र सञ्चालनमा स्थानीय सरकारले पूर्ण चासो दिन नसक्दा त्यसको प्रभाव बजार क्षेत्रमा कम छ । पहिलो चरणमा सडकका सबै चौपाया गौशालामा राखिए पनि पछि ठाउँ र व्यवस्थापनको अभाव हुन छाडेको छ । पहिलेकै ३ सय यथावत् रहेका छन् ।

स्थानीय सरकारले समयमै पशुचौपायाय व्यवस्थापनमा चासो नदिँदा बजार व्यवस्थापन, सडक सुरक्षा सवारी दुर्घटना न्यूनीकरणमा चुनौती देखिएको ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख तीर्थराज भुसालले बताए । उनका अनुसार साँघुरा र सवारीसाधन आवतजावत गर्ने मुख्य सडकको बिचमा चौपायाहरू बसिरहेका हुन्छन्, सडकनै अवरोध गरिदिन्छन्ु, उनले भने, ‘चौपाया यसरी बीच सडकमा बस्दा आफ्नै गतिमा हिँडेको सवारी साधन दुर्घटनामा पर्ने सम्भावना एकदमै धेरै हुन्छ, यसर्थ सरकारले कसरी हुन्छ चौपाया व्यवस्थापनमा ध्यान दिन जरुरी छ ।’

बजारमा देखिने पशुचौपायालाई गौशाला पठाउने, बालीनाली खाँदै गरेको अवस्थामा देखे लखेट्ने, सडकबाट हटाउने काम प्रहरी गर्दै आएको उनी बताउँछन् । तर सडकमा पशुचौपाया देखिने क्रम भने रोकिएको छैन ।

‘३र४ पटक त हामी आफैले पनि बजारबाट गाईहरू लखेटेको हो, तर कताबाट आउँछन् थाहा नै हुन्नु, उनले भने, ुपशुचौपायाको उचित व्यवस्थापन नहुँदा सडक दुर्घटनाको जोखिम बढ्दै गएको छ, हामी मात्र लागेर हुँदैन यसमा सबै क्षेत्रको साथ सहयोग आवश्यक हुन्छ ।’सडक दुर्घटना न्यूनीकरण र किसानको बालीनाली संरक्षणका लागि भए पनि पशुचौपाया व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताए ।

पालिकामा जनप्रतिनिधिहरू नयाँ भएको र एकआपसमा समन्वय हुन नसक्दा समयमै छाडा चौपाया व्यवस्थापन गर्न समस्या भएको वातावरण शाखा प्रमुख खिमकान्त पाण्डेले बताए ।

गौशाला व्यवस्थापनमा खटिनेहरू, सरसफाईक्षेत्रमा खटिने कर्मचारीहरूसँग जनप्रतिनिधिहरूको समन्वय कम हुने, आयस्रोत व्यवस्थापन नहुने र सामुदायिक वनहरूबाट पर्याप्त घाँसहरू ल्याउन नपाउने लगायतका विविध कारणले पशुचौपायहरुको व्यवस्थापन हुन नसकेको उनले बताए । यसैगरी किसानहरूले रोपाई सकिएपछि गाईगोरु सडकमा छोड्ने भएको छाडा चौपाया व्यवस्थापन गर्न समस्या भएको पाण्डेले बताए ।

गौशालाको क्षमता भन्दा चौपायाहरू भएका कारण सबै चौपायहरुलाई एकैपटक व्यवस्थापन गर्न मुस्किल हुँदै आएको उनी बताउँछन् ।
उनका अनुसार गौशालामा १ सय ५० वटा चौपाया राख्न सकिने गरी २ वटा टहरा निर्माण गरिएको छ । टहरा निर्माण भयसँगै बुध बारसम्म सबै चौपायाहरूलाई व्यवस्थापन गरिने उनले जानकारी दिए । उनका अनुसार अहिले पालिकाले गौशाला सञ्चालन व्यवस्थापनका लागि १० लाख बजेट विनियोजन गरेको छ । पालिकाको नीति तथा कार्यक्रममा गौशाला व्यवस्थापनको विषय नसमेटिएपछि गौशालामा काम गर्ने कर्मचारीहरू रुष्ट बनेका थिए । बजार क्षेत्रका सबै चौक र सडकमा अहिले छाडा चौपाया बक्र्रेल्ती रहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *