बिदाको दिन रुपन्देहीमा चलाइएका १९ सरकारी सवारीसाधन प्रहरी नियन्त्रणमा

डिसी नेपाल
३२ असार २०७९ २०:०६

भैरहवा । सार्वजनिक बिदाको दिन रुपन्देहीमा चलाइएका १९ सरकारी सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्लाको नेतृत्वमा प्रमुख जिल्ला अधिकारीको रूपमा भरतमणि पाण्डे आएसँगै धेरै समयको अन्तरालमा सरकारी गाडीमा एक्सन लिइएको छ । प्रजिअ र प्रहरी प्रमुख रवीन्द्र रेग्मीको नेतृत्वमा सरकारी नीति विपरीत सार्वजनिक बिदाका दिनमा सञ्चालन गरिएको सवारी साधनलाई रुपन्देही प्रहरीले नियन्त्रणमा लिइएको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देही र मातहतले सार्वजनिक बिदाका दिनमा सार्वजनिक निकायले कार्यालयका सवारी साधन सञ्चालन नगर्ने गृह मन्त्रालयको निर्देशनानुसार कार्यान्वयन गर्ने क्रममा जिल्लाका विभिन्न ठाउँबाट सो सवारी साधन नियन्त्रणमा लिएको हो ।

जिल्ला भित्र सरकारी नम्बर प्लेटका सवारी साधनहरू पास बिना चलाइएको पाएपछि विभिन्न ठाउँमा चेकजाँच गरेका थियौ । दुई पाङ्ग्रे तथा चार पाङ्ग्रे १९ वटा सवारी साधनहरूलाई होल्डमा राखी सम्झाई बुझाई छाडिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता नवरत्न पौडेलले जानकारी दिए । उनीहरूलाई पहिलो पटक सचेत गराइएको र अव उप्रान्त सम्बन्धित कार्यालय वा अधिकारी बाट पास लिएर मात्र सार्वजनिक बिदाको दिन चलाउन हुन अनुरोध गरिएको प्रवक्ता पौडेलले भने ।

नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार सार्वजनिक बिदाका दिन प्रशासन कार्यालयबाट जारी भएका पासबाहेकका सरकारी सवारी साधन सञ्चालन गर्न नपाउने व्यवस्था छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *