सरकारको गैरजिम्मेवार व्यवहारका कारण जनताका निराशा छायोः खिमलाल भट्टराई

डिसी नेपाल
२ साउन २०७९ १४:०६
12
Shares

काठमाडौं। राष्ट्रिय सभाका सांसद खिमलाल भट्टराईले सरकारको गैरजिम्मेवार व्यवहारका कारण जनतामा निराशा छाएको बताएका छन्। राष्ट्रिय सभाको सोमबारको बैठकमा विशेष समयमा बोल्दै उनले सरकार विकासका मुद्दामा केन्द्रित हुन नसकेको आरोप समेत लगाए।

‘सरकारको गैरजिम्मेवार व्यवहार, असक्षमताका काराण जनतामा निराशा र असन्तुष्टी आएको छ। यसलाई सत्तापक्षको हिसाबले सच्याउने दम राख्नुहुन्छ भने प्रतिपक्षको हिसाबले स्वागत गर्छौं,’ उनले भने।

धेरै ठूलो संघर्षबाट प्राप्त गरेको लोकतन्त्र, गणतन्त्र र संघियतामाथि प्रश्न उठ्न थालेकोमा उनले चिन्ता व्यक्त गरे। उनले भने, ‘जनताको आक्रोस नबढोस्, चिन्ताको विषय यो हो।’

सरकार राजनीतिक मुद्दामा केन्द्रित हुँदा विकास निर्माण ठप्प भएको उनले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *