डुङ्गेश्वरर गाउँपालिकामा लागेकाे ताला दुई दिनपछि खुल्यो

डिसी नेपाल
५ साउन २०७९ १२:२८
20
Shares

सुर्खेत। दैलेखको डुङ्गेश्वरर गाउँपालिका कार्यालयले निस्कासन गरेका कर्मचारीले लगाएकाे ताला खुलेको छ। करार नविकरण गर्न दबाबस्वरुप उनीहरूले साेमबार ताला लगाएका थिए।

गाउँपालिकाका अध्यक्ष एवं करार कर्मचारीबीच छलफल गर्न बनेको वार्ता टोलीका संयोजक सुन्दरकुमार केसीको अध्यक्षतामा बसेको बैठकले बुधवार दुई बुँदे निर्णय गरेपछि गाउँपालिकामा लगाएको तालाबन्दी खुलेको प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर डिसीले बताए । गाउँपालिकामा लगाएको ताला खुलेको र निर्वाध रुपमा गाउँपालिकाबाट प्रदान गरिने सेवा प्रवाह सूचारु भएको उनले बताए।

३० असारमा बसेको गाउँ कार्यपालिकाको बैठकको गाउँपालिकाबाट तलबभत्ता भुक्तानी हुने करारमा कार्यरत कर्मचारीहरुको १ साउनबाट करार सम्झौता नविकरण नगर्ने निर्णय गरेको थियो ।

बैठकले करार सेवामा कार्यरत कर्मचारीको म्याद थप गर्ने सम्बन्धमा गाउँपालिकाको करार कर्मचारी कार्यविधिअनुसार म्याद थप गर्ने गरी आगामी कार्यपालिकाको बैठकमा प्रस्ताव पेश गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर डिसीले बताए।

गाउँपालिकाले सबै वडा कार्यालयमा कार्यरत बगैंचेहरु, वडा नम्बर ५ र ६ को कार्यालयमा कार्यरत सामाजिक परिचालक बाहेक अन्य सबै वडामा कार्यरत सामाजिक परिचालक, गाउँपालिकामा कार्यरत हलुका सवारी चालक एक जना, विद्यालय तर्फको गेटपाले, माध्यामिक विद्यालयमा रहेका महिला कार्यालय सहयोगी र कम्प्युटर शिक्षकको करार सम्झौता नविकरण नगर्ने निर्णय गरेको थियो।

यस्तै गाउँपालिकामा कार्यरत पिटौली र फिल्ड सुपरपाइजर रकचना खानेपानी आयोजनामा कार्यरत पलम्बर र हेरालु र सामुदायिक स्वास्थ्य इकाई वडा नम्बर ४ मा कार्यरत अहेवको समेत करार सम्झौता नविकरण नहुने गरी निर्णय भएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *