सपनाहरू (कविता)

डिसी नेपाल
७ साउन २०७९ १२:०२

हरेक समय नयाँ नयाँ सपनाहरू
आफैंमा अटेस मटेस भएर आउछन्
भित्र भित्र आफैसँग लडिरहन्छन
कहिले आफ्नै आचरणमा बाधक भएर
कहिले आफ्नै ब्यवहारमा बिरूद्ध भएर
आफै भित्र आफ्नै अनगिन्ती सपनाहरू
आफ्नै सीमा भित्र उफार्छु अनि मार्छु।

हरेक समयका पलहरु सपनाहरू ब्युताउन्छ
मनलाई घुमाँउछ फिराँउछ अनन्त दुरि सम्म
अनि संझाउछ मनलाई सपनाहरूमा रूमलिन
आफ्नै मात्रा हो कि आफ्नै यात्रा हो कि सपना
कहिले आफैमा जोडछु कहिले आफैमा छोडछु
सपनाहरू आफैमा आफैसँग भित्र लडिरहन्छन
अनि आफ्नै सीमा भित्र उफार्छु अनि मार्छु।

जीवनका हरेक सोचमा आयातित सपनाहरू
आफै भित्र जिन्दगीको गोल बनेर आइदिन्छ
कुन सपना कुन समयमा समात्ने अनि छोडने
सबै सपनाहरू दृष्यहरुसगै परिबर्तनमा छन्
आज जिवन सपनाहरू माझको छनौटमा छन
यसैले आफ्नै सीमा भित्र उफार्छु अनि मार्छु।

कुन सपना हो छनौटमा जोडबल गर्ने आज
असरल्ल सपनाहरूको दौड छ आफै भित्र
सपनाको नक्कल होस् अथवा सल्कल होस्
यस्को मात्र दौडमा केवल दौडाउनु छ जीवन
आयामका हिस्सेदारीमा रहेका सपनाहरूले
आफ्ना सपनाहरूलाइ थिचोमिचो गर्छन्
र पनि फलदायक हुनुपर्छ सपनाका विकल्प
यसर्थ सपनाहरूलाइ अनन्त कुदाछु र मार्छु।।

विरूवा, भक्तपुर।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *