‘मिसेस एन्ड मिस गुरुङ’ले देखाए प्रतिभा

डिसी नेपाल
९ साउन २०७९ १२:३६
48
Shares

काठमाडौँ। एस के इन्टरटेनमेन्टको प्रस्तुतिमा आयोजना हुन लागेको ‘मिसेस एन्ड मिस गुरुङ २०२२, सिजन–३’ को ट्यालेन्ट राउन्ड सम्पन्न भएको छ। ट्यालेन्ट राउन्डमा प्रतियोगिताका प्रतिस्पर्धीहरूले आ–आफ्नो प्रतिभा देखाएका थिए।

जसअन्तर्गत ‘मिस गुरुङ’तर्फ सन्ना गुरुङ, शीतलदेवी गुरुङ, दीपशिखा गुरुङ, इशा गुरुङ, अस्मिता गुरुङ, सुखिना गुरुङ, मिना गुरुङ र गोमा गुरुङले आफ्नो प्रतिभा देखाए।

यस्तै ‘मिसेस गुरुङ’तर्फ पबी गुरुङ, हेमा गुरुङ, सीता गुरुङ, निलम गुरुङ, नानु गुरुङ, माया गुरुङ, सरस्वती गुरुङ, विमला गुरुङ, फूलमाया गुरुङ, शर्मिला गुरुङ, लक्ष्मी गुरुङ र ममता गुरुङले प्रतिभा देखाएका थिए।

पूर्वराज्यमन्त्री पर्शुराम तामाङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अभिनेत्री सञ्चिता लुुँइटेल, सञ्चारकर्मी सूर्य चन्द, ‘मिस इन्डिजिनियस–२०२१’ नम्रता तामाङ, सुशीला थापा, रोजिना गुरुङ, राधा थोकर, निरु राई, अजय अधिकारी र सीताराम राना निर्णायक थिए।

आयोजक शान्ता तामाङका अनुसार गुरुङ जातिको कला संस्कृति भेषभूषा, रीतिरिवाज एवं रहनसहनलाई उजागर गर्दै विवाहित तथा अविवाहित गुरुङसेनी, गृहिणी, व्यावसायिक महिलाको आत्मविश्वास अभिवृद्धि गर्न प्रतियोगिता आयोजना गरिएको हो।

प्रतिस्पर्धीहलाई कोरियोग्राफर रोजिन शाक्यले सञ्चार दक्षता, कार्यक्रम सञ्चालन, पब्लिक स्पिकिङ, व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धिलगायतका विषयमा प्रशिक्षण दिनेछन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *