गायिका भावना आचार्यको तीज गीत ‘चट्ट रातो सारीमा देखिन्छु रे परी म’
काठमाडौं। गायिका भावना आचार्यको ‘चट्ट रातो सारीमा देखिन्छु रे परी म’ बोलको तीज गीतको भिडियो सार्वजनिक गरिएको छ। हिन्दू नारीहरूको महान् पर्व तीजलाई लक्षित गरी गायिका भावनाले सार्वजनिक गरेको भिडियोमा उनकै शब्द सृजना र संगीत छ। जसमा भावनालाई अभिनयमा मनिता खुलालले साथ दिएका छन्।
भावना र मनितासहित अशोक धिताल र दिलीप ओखेडाको अभिनय रहेको भिडियोमा गम्भीर विष्टको निर्देशन तथा मुकेश हुमागाईंको छायांकन छ। भिडियोमा कविता तोलंगीको मेकअप छ।
नविन निरौलाले सम्पादन गरेको भिडियो गायिका स्वयंकै अफिसियल च्यानलबाट बजारमा आएको हो। यसअघि भावनाका बग्ने खोला, मुलको पानी, बोल्दैन फोटो, लगायतका गीतहरुले राम्रो चर्चा बटुलेका थिए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment