सुनिताको तीज धमाका : खर्च माग्दिन

डिसी नेपाल
१० साउन २०७९ ६:४२
376
Shares

काठमाडाैं। महिलाहरु खान, लगाउन र गुनासो मात्र गर्न जन्मिएका होइनन् भन्ने मान्यता राख्ने गीतकार सुनिता बस्नेत थापाको तीजको गीत दिपक शर्माको संगीत, नरेन्द्र वियोगीको एरेनेजमेन्ट सहित रानी शाक्यको मधुर आवाजमा हालै रिलिज भएको छ।

‘खर्च माग्दिन’ नामक सन्देशमुलका गीतमा चर्चित मोडल विना राउत लगायत दर्जन बढी कोरसले नृत्य गरेका छन्। भिडियोमा देवेन्द्र पाण्डेको निर्देशन तथा कोरियोग्राफी छ। विकास दाहालको सम्पादन रहेको भिडियोमा उत्सव दाहालको छायांकन छ। सुनिता, रानी र विनाले केही महिना अघि चर्चित गीत ‘सुटुक्कै’ मा सहकार्य गरे पश्चात यो दोश्रो सहकार्य हो।

अहिलेको जमानामा महिलाहरु सक्षम भएर आफ्नो जिन्दगीको रथ निडर हाँकी रहेको समसामइक परिप्रेक्ष्यलाई यी ३ सबल नारीहरुले सामाजिक जागरण उजागर गर्ने उद्देश्यले सो गीतको सिर्जना भएको गीतकारसुनिता बस्नेत थापाले बताइन्। गीतको भाव र अभिनय हेर्दा यो गीत तीजको तडकभडक र देखासिकीलाई चुनौती बन्न सक्ने निश्चित छ।

रानी शाक्यको युट्टुब च्यानलबाट प्रशारित गीत अन्य डिजिटल माध्यम Spotify, Amazon Music, Apple Music, Tidal, Deezer, iTunes, Tiktok,Saavan, Pandora, Snapchat, Vevo आदिमा उपलब्ध रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *