भाइको फिल्मबाट कमव्याक गर्दै सोनाक्षी

डिसी नेपाल
१२ साउन २०७९ १०:१७
648
Shares

मुम्बई। बलिउड अभिनेत्रीले आफ्नो नयाँ फिल्म ‘निकिता रोय एण्ड द बुक अफ डार्कनेस’को पोस्टर सार्वजनिक गर्दै झण्डै तीन वर्षपछि दर्शकमाझ कमब्याक गर्न लागेको जनाउ दिएकी छन्। यो फिल्ममार्फत सोनाक्षीका भाई कुश सिन्हा निर्देशनमा डेब्यू गर्दैछन्।

‘फिल्मको सुटिङ चाँडै सुरु हुँदैछ। कुश सिन्हा यो पिःल्मबाट आफ्नो निर्देशकीय डेब्यू गर्दैछन्। यो फिल्ममा परेश रावल र सोहेल नय्यरका साथ स्क्रिन शेयर गर्नेछु’, उनले सामाजिक सञ्जालमा लेखेकी छन्।

फिल्मको पोस्टरमा सोनाक्षीको अनुहारको एक भाग देखाइएको छ। फिल्ममा उनको शैली निकै फरक देखाइएको छ। सोनाक्षीको यो फिल्ममा निकी भगनानी, विकी भगनानी र अंकुर टकरानीको लगानी हुनेछ।

सोनाक्षी पछिल्लोपटक सलमान खानको फिल्म ‘दबंग ३’मा देखिएकी थिइन्। तर फिल्म बक्सअफिसमा असफल साबित भयो। सोनाक्षीका पछिल्ला केही फिल्मले बक्सअफिसमा खासै कमाल देखाउन सकेको छैन।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *