पेटको बोसो पगाल्न पिउनुहोस् ‘एप्पल टी’

डिसी नेपाल
१२ साउन २०७९ ११:५८

काठमाडौं । बढ्दो तौल घटाउनका लागि हामीमध्ये अधिकांश निकै नै चिन्तित हुने गर्दछौं । जसको लागि हामी कडा परिश्रम गर्छौं र विभिन्न प्रकारको डाइट प्लान पनि बनाउँछौं ।

हरियो चिया, लेमन टी र सबै प्रकारका हर्बल पेयहरू प्रायः तौल घटाउनको लागि सेवन गर्ने गर्दछौं । तर के तपाईंले फलफूलको मद्दतले तयार हुने यस्तो चियाको सेवनले पेटको बोसो छिट्टै घट्छ ? । पोषण विशेषज्ञहरुले स्याउको चिया वजन घटाउन धेरै प्रभावकारी साबित हुने कुरा बताएका छन् ।

यसका साथै स्याउबाट धेरै स्वास्थ्य लाभ हुने कुरा धेरै अध्ययनबाट पत्ता लागेको छ । यसले हामीलाई अटोइम्यून रोगबाट बचाउँछ। केही अध्ययनले पार्किन्सन रोगमा स्याउको चिया पिउनु निकै फाइदाजनक रहेको पनि पत्ता लागेको छ । यस चियामा पाइने पोषक तत्वले ब्याक्टेरिया र भाइरससँग लड्ने शक्ति दिन्छ। यसरी सरुवा रोगबाट बच्न सकिन्छ ।

पेटका लागि लाभदायक
एप्पलको चियालाई पेटसम्बन्धी समस्या हटाउन पनि उपयोगी मानिन्छ । यसमा उच्च मात्रामा डाइटरी फाइबर हुन्छ, जसले कब्जियतको समस्यालाई हटाउँछ। यस चियाको सेवनले पाचन प्रणालीबाट हानिकारक पदार्थ बाहिर निकाल्न पनि प्रभावकारी हुन्छ। यसले मिर्गौलालाई स्वस्थ बनाउन काम गर्छ ।

हामीले हाम्रा बूढापाकाहरूबाट प्रायः सुनेका नै छौं कि दैनिक एक स्याउ खाने व्यक्तिले डाक्टरकहाँ जानु पर्दैन । स्याउ खाँदा धेरै रोगहरु लाग्दैन भन्ने कुरामा कुनै शंका छैन । तर स्याउको चिया पिउँदा पनि तौल घट्छ भन्ने कुरा तपाईलाई थाहा थिएन होला । आज हामी तपाइलाई  कसरी तयार गर्ने एप्पल टी भन्ने कुराको जनकारी दिन्छौं ।

एप्पल टी कसरी बनाउने

एप्पल टी बनाउनका लागि २ कप पानी लिनुहोस् । यसलाई एउटा भाँडोमा राख्नुहोस् र कम आगोमा तताउनुहोस्। त्यसपछि त्यसमा चियाको झोला र कागतीको रस मिसाउनुहोस्। अब पानीलाई फेरि उमाल्नुहोस् र त्यही स्याउको टुक्राहरू राख्नुहोस्। अब त्यसमा दालचीनीको धुलो हालेर केही समय उमाल्नुहोस् । भाँडोलाई ग्यासबाट निकाल्नुहोस् र छल्नीबाट छानेर पिउनुहोस्। यदि तपाइँ नियमित रूपमा एप्पल टी पिउनुहुन्छ भने, तपाइँको केहि दिनमा तौल घटाउन थाल्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *