निलम र ईशा ‘मिसेस एण्ड मिस गुरुङ’
काठमाडौं। ‘मिसेस एण्ड मिस गुरुङ सिजन ३-२०२२’ को ताज ‘मिसेस’ तर्फ निलम गुरुङ र ‘मिस’ तर्फ ईशा गुरुङले उपाधि जितेका छन्। ‘मिसेस गुरुङ’तर्फ सीमा गुरुङ ‘फस्ट रनरअप’, शर्मिला गुरुङ ‘सेकेन्ड रनरअप’, पबी गुरुङ ‘थर्ड रनरअप’ बने।
विधागतर्फ शर्मिला गुरुङ ‘मिसेस ट्यालेन्ट’, सीता गुरुङ ‘मस्ट पपुलर’, ‘फोटोजेनिक’ र ‘फेसबुक च्वाइस’, सीमा गुरुङ ‘भ्युवर्स च्वाइस’, ‘कन्फिडेण्ट’, हेमा गुरुङ ‘अर्गनाइजर च्वाइस’ र ‘हार्डवर्किङ’, पबी गुरुङ ‘पर्सनालिटी’, निलम गुरुङ ‘इन्टेलिजेण्ट’, माया गुरुङ ‘इनोन्सेण्ट’, लक्ष्मी गुरुङ ‘फ्रेण्डली’, शर्मिला गुरुङ ‘बेष्ट स्माइल’ र निलम गुरुङ ‘एक्टिभ’ भए।
‘मिस’तर्फ सुखिना गुरुङ ‘फस्ट रनरअप’ र ‘हार्डवर्किङ’, सन्ना गुरुङ ‘सेकेण्ड रनरअप’सँगै ‘भ्युवर्स च्वाइस’, ‘फेसबुक च्वाइस’, ‘बेष्ट स्माइल’, दीपशिखा गुरुङ ‘थर्ड रनरअप’ सँगै ‘मिस फोटोजेनिक’, ‘पर्सनालिटि’, ईशा गुरुङ ‘मिस ट्यालेन्ट’, ‘कन्फिडेण्ट’, ‘मस्ट पपुलर’, ‘फ्रेण्ड्ली’, शितलदेवी गुरुङ ‘अर्गानाइजर च्वाईस’, ‘डिसिप्लिन’, अस्मिता गुरुङ ‘इण्टेलिजेण्ट’, मिन्खु गुरुङ ‘इनोसेन्ट’ र मिना गुरुङ ‘मिस एक्टिभ’ बने।
प्रतियोगिता विगत ३ वर्षदेखि एस के इन्टरटेनमेन्टले आयोजना गर्दै आएको छ। प्रतियोगिताको निर्णायकमा अभिनेता रमेश उप्रेती, निर्मात्री तथा कलाकार सबिता गुरुङ, केशब थापा, आनन्द गुरुङ, अशोक तामाङ आकृति तामाङ र एमबी गुरुङ रहेका थिए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment