के दिनमा धेरै पटक खाने बानी लाभदायक हुन्छ ? अध्ययनले यसो भन्छ

डिसी नेपाल
१६ साउन २०७९ ११:३९

काठमाडौं । विज्ञहरूले प्रायः हरेक दिन बिहानको खाजा, दिउँसो र बेलुकाको खाना खाने सल्लाह दिन्छन्। तपाईंले दिनमा कम्तिमा तीन पटक केहि खानु पर्छ। धेरै मानिसहरू दुई–तीन घण्टामा थोरै खान्छन् र दिनमा चार पाँच पटक खान्छन्। के तपाईलाई थाहा छ यसो गर्नु स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ या हानी ? । धेरै पटक खाने बानीले तपाईलाई केहि रोगहरुबाट पनि बचाउन सक्ने एक अध्ययनले देखाएको छ । आज हामी तपाईलाई कस्तो प्रकारको खानपानले स्वास्थ्य सुधार गर्न सहयोगी साबित हुन सक्छ भन्ने कुराको जानकारी दिदैंछौँ ।

मेडिकल न्यूज टुडेको रिपोर्टका अनुसार पछिल्ला केही वर्षहरूमा खानाको सन्दर्भमा नयाँ प्रवृत्ति तीव्र रूपमा बढिरहेको छ। आजकल विज्ञहरूले मानिसहरूलाई थोरै खाना खाने सल्लाह दिइरहेका छन्।

यसो गर्दा तपाईंले आफ्नो पुरानो रोग रोक्न र वजन कम गर्न सक्नुहुन्छ। यही कारणले गर्दा मानिसहरूले पनि यही तरिका पछ्याइरहेका छन्। हालसम्म, धेरै अध्ययनहरूले यस प्रकारको खाने बानीलाई समर्थन गरेको छ । यसका धेरै फाइदाहरूका बारेमा रिपोर्टमा उल्लेख गरिएको छ। थोरै खानामा पोषक तत्वले भरिपूर्ण हुनुपर्छ।

केही समयपछि खाना खाँदा रगतको लिपिड (फ्याट)स्तरमा सुधार गर्न र मुटुसम्बन्धी रोगको जोखिम कम हुने अध्ययनले देखाएको छ। यसका साथै कोलेस्ट्रोलको स्तर पनि राम्रो हुन्छ । विज्ञहरूका अनुसार खाना पोषक तत्वले भरिपूर्ण हुनुपर्छ र सबैले जंक फूड खानबाट जोगिनुपर्छ ।

जंक फूडले फाइदाको सट्टा हानि पु¥याउन सक्छ र धेरै रोग निम्त्याउन सक्छ । त्यसैले के खाँदै हुनुहुन्छ भन्ने कुरामा पनि ध्यान दिनु जरुरी छ । विशेषगरी वर्षायाममा खानपानमा ध्यान दिनु जरुरी हुन्छ ।

यस्तै अर्को एक अध्ययनहरूबाट यो पत्ता लागेको छ कि मानिसको दिमागले पेट खाली भएको बेला मात्र उच्च ढङ्गले काम गर्छ । अनुसन्धानकर्ताहरूले के पत्ता लगाएका छन् भने, पेट खाली हुँदा घ्रेलिन भनिने रसायन उत्पन्न हुन्छ, जसले मस्तिष्कमा पेट खाली भएको सन्देश पुऱ्याउँछ ।

यो हर्मोनले अन्य कामहरू समेत गर्दछ । मस्तिष्कमा हिप्पोक्याम्पस भन्ने भाग हुन्छ, जसले केही सिक्ने, स्मरण वा याद गर्ने, सतर्क र सक्रिय रहने अनि कुनै चीजमा ध्यान केन्द्रित गर्ने जस्ता कामहरू सञ्चालन गर्दछ । घ्रेलिन हर्मोनले हिप्पोक्याम्सलाई उत्तेजित गराउँछ र यसको कार्यक्षमता बढाँउछ । यसको अभिप्राय हामीले कहिल्यै खाना खानुहुँदैन भन्ने पक्कै होइन। बरु यसले यो सङ्केत गर्दछ कि हामी कति खान्छौँ भन्नेप्रति सचेत हुनुपर्छ ।

हामीले  दिनैभरी खाइरहनु हुँदैन । यदि तपाईं तीस बर्षभन्दा कम उमेरको हुनुहुन्छ भने, दिनमा तीन पटक भोजन गर्नु पर्याप्त हुन्छ । यदि तपाईंको उमेर तीस वर्षभन्दा बढी छ भने, दिनमा दुई छाक खाना खानु उत्तम हुन्छ ।

पहिलो खाना खाइसकेपछि, लगभग ८ घण्टापछि मात्रै अर्को भोजन गर्नुपर्छ । यसलाई तपाईं घरबाट बाहिर भएको बेलामा समेत पालन गर्न सक्नुहुन्छ । यदि समय तलमाथी भए पनि तपाईंले दुई खाना खाने समयको बीचमा कम्तीमा पनि ५ घण्टाको अन्तराल राख्नैपर्छ ।

किनभने, पेट खाली हुँदा मात्रै हाम्रा मल(उत्सर्जन तन्त्रहरूले राम्रोसँग काम गर्न सक्छन् । यदि तपाईंको पाचन प्रणालीमा खाना पचाउने क्रिया निरन्तर चलिरह्यो भने, शरीरको केही ऊर्जा स्वतः त्यसैमा लागिरहन्छ, जसले गर्दा तपाईंको शरीर र दिमाग उत्तम तरिकाले काम गर्न सक्दैनन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *