पेटको बोसो घटाउन खानुहोस् यी फलफूल

डिसी नेपाल
१७ साउन २०७९ ११:०५

काठमाडौं । धेरै मानिसहरूले तौल घटाउनको लागि कम खाना खाने वा भोकै बसेर छिटो तौल घटाउने प्रयास गर्छन्। यसरी तपाईले आफ्नो तौल घटाउन सकेपनि कम खाने वा भोकले तपाईको स्वास्थ्यलाई बिगार्छ ।

उचित आहार नलिँदा तपाईको शरीरलाई पोषक तत्व प्राप्त हुँदैन। जसका कारण तपाईको शरीर कमजोर हुन सक्छ। यति मात्र होइन तपाईको शरीरको हड्डी पनि कमजोर हुन सक्छ । त्यसैले यदि तपाईं आफ्नो पेटको बोसो घटाउन चाहनुहुन्छ भने, तपाईंले आफ्नो आहारमा केही फलफूलहरू समावेश गर्न सक्नुहुन्छ। आउनुहोस् तपाईलाई बताउँछौं कि तपाईले आफ्नो आहारमा कुन फलफूल समावेश गर्नुपर्छ।

पेटको बोसो घटाउन खानु पर्ने फलफूलहरु:

किवी– किवी तौल घटाउने खाना मध्ये एक हो। यसको कारण किवीमा भिटामिन सी, भिटामिन ई, फोलेट र फाइबर प्रशस्त मात्रामा पाइन्छ। यति मात्र होइन किवीको दानाले पाचन प्रक्रियामा पनि मद्दत गर्छ । यसका साथै, किवीको हरियो भागमा घुलनशील फाइबर पाइन्छ। जसले तपाईको पेट लामो समयसम्म भरी रहन्छ । अर्कोतर्फ, यदि तपाईलाई मिठो खान मन लाग्छ भने किवीको सेवन गर्न सक्नुहुन्छ।

स्याऊ– के तपाईलाई थाहा छ स्याउले पेटको बोसो घटाउन मद्दत गर्छ ? यो किनभने स्याउमा धेरै फाइबर पाइन्छ जसले तपाईंको पाचन प्रणालीलाई राम्रो राख्छ र तौल घटाउँछ। यसबाहेक दैनिक एउटा स्याउ खाँदा रोगबाट पनि टाढा रहन्छ ।

मेवा –मेवाको सेवनले तौल र पेटको बोसो घटाउन मद्दत गर्छ । मेवामा प्रशस्त मात्रामा फाइबर र एन्टीअक्सिडेन्ट पाइन्छ जुन हाम्रो शरीरका लागि निकै फाइदाजनक हुन्छ । यसले पाचन क्रियालाई ठीक राख्न मद्दत गर्छ।

एलोभेरा जुस– एलोभेरा जुस धेरै बिरामका लागि उपयोगी ठानिन्छ । दिनमा एक कप यसको जुस पिउँदा पेटको बोसो कम हुन्छ । यसले कोलेस्ट्रोलको समस्या पनि घटाउँछ ।

काँक्रो– बेलुकाको खाना खानुभन्दा पहिले काँक्रोको जुस वा सलाद खानुहोस् । यो पेटका लागि धेरै लाभदायी छ । यो सेवनका कारण धेरै खाना खानबाट जोगिन सकिन्छ नै, यसले पेटको झाडुको काम पनि गर्छ । जसले गर्दा बिस्तारै बोसो कम हुन्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *