सामन्था रुथसँग अलग्गिएपछि शोभितासँग डेटमा नागा चैतन्य
मुम्बई। साउथ स्टार नागा चैतन्य आफ्नो फिल्मभन्दा बढी व्यक्तिगत जीवनका कारण चर्चामा आउँछन्।
गत वर्षको अक्टोबरमा नागा र उनकी अभिनेत्री सामन्था रुथ प्रभु अलग्गिएका थिए। सामन्थासँग अलग्गिएपछि नागा अहिले अभिनेत्री शोभिता धूलीपालासँग डेट गरिरहेका छन्। हालैको एक अन्तर्वार्तामा उनले शोभिातसँग डेटलाई पुष्टि गरेका छन्।
उनी अभिनित फिल्म ‘लाल सिंह चड्डा’को अन्तर्वार्ताका क्रममा शोभितासँगको सम्बन्धलाई लिएर सोधिएको प्रश्नमा उनले मुस्कुराएर डेटमा रहेको पुष्टि गरेका हुन्। एक महिनाअघि नागा र शोभिता एकसाथ कारमा भेटिएका थिए।
नागाले अन्तर्वार्तामा आफ्नो ‘क्रश’ अभिनेत्री कैटरिना कैफ रहेकोसमेत खुलाएका छन्। उनले कैटरिनाको करियरको सुरुवातदेखि अहिलेसम्म आफूले नजिकबाट नियालिरहेकोले उनी आफ्नो ‘क्रश’को भएको दाबी गरेका छन्।
आमिर खानको फिल्म ‘लाल सिंह चड्डा’मा नागा र आमिरसँगै करिना कपूर, मानव विज र मोना सिंहको अभिनय छ। यो फिल्म सन् १९९४ मा रिलिज ओस्कार विजेता हलिउड फिल्म ‘फरेस्ट गम्प’को अफिसियल हिन्दी रिमेक हो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment