होटेलको कोठामा पस्ने बित्तिकै पहिले यो काम गर्नुहोस्
काठमाडौं । हामी सबै कुनै न कुनै बेला होटेलमा बस्नुपर्छ। कहिलेकाहीँ कुनै कामको सिलसिलामा मानिसहरू घुम्नका लागि होटेलमा बस्ने गर्दछन्। आजकल होटल कोठा अनलाइन बुक पनि गर्न सकिन्छ। होटेलको कोठामा प्रवेश गर्दा कोठा एकदमै सफा छ जस्तो लाग्छ । तर के तपाईंले कहिल्यै होटलका कोठाहरू साँच्चै स्वच्छ नहुने पनि गर्दछ । जसले गर्दा धेरै खतरनाक रोगको सिकार बन्न पनि सक्छौं । आज हामी तपाईलाई केहि महत्वपूर्ण टिप्स बताउँदैछौं। जसले गर्दा तपाई होटलमा सुरक्षित रहन सक्नुहुन्छ।
–होटेलको कोठामा पसेपछि पहिला बाथरुम हेर्नुहोस्। धेरै पटक हाउसकीपिङ स्टाफले तपाईको शौचालय राम्ररी सफा गर्दैनन्। यस्तो अवस्थामा यसले धेरै प्रकारका रोगहरू फैलाउन सक्छ। तसर्थ, होटेलको कोठामा बाथरूम प्रयोग गर्नुअघि, बाथरूमको भुइँमा तातोपानी छर्क्नुहोस् कि यो सफा छ वा छैन भनेर जाँच्नुहोस्।
-होटेलको कोठामा पिउने पानीको लागि राखिएको गिलास जाँच गर्र्नुहोस् । साथै कोठाका झ्यालका सिसाहरुमा कुनै प्रकारको दाग वा कुनै चिन्ह छ भने, होटल कर्मचारीहरूलाई त्यसलाई सफा गर्न लगाउनुहोस् । साथै होटलका कोठाहरुमा राखिएका भाँडाहरू एक पटक सफा गरेपछि प्रयोग गर्नुहोस् वा तिनीहरूलाई बदल्नुहोस्।
-होटलको कोठामा रहेको टिभी र एसीका रिमोट पनि कहिलेकाहीं फोहोर हुन्छन् । यसलाई धेरैले छोएको हुन्छ । यसैबाट विभिन्न रोगको सिकार पनि बन्न सक्छौं । सन् २०२० मा आएको इनसाइड एडिसनको रिपोर्टमा होटलको कोठामा रहेको टिभीको रिमोट यति फोहोर भएको उल्लेख गरिएको छ कि कोभिड–१९ मात्र होइन, त्यसमा E.coli जस्ता भाइरस पनि भेटिएको छ । त्यसैले रिमोट प्रयोग गर्दा सेनिटाइजर प्रयोग गर्नुहोस्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment