तेस्रोपटक किन रिलिज हुँदैछ ‘चपली हाइट ३’
काठमाडौँ। चलचित्र ‘चपली हाइट ३’ तेस्रोपटक रिलिज हुने भएको छ। चलचित्र शुक्रबारबाट प्रदर्शनमा आउन लागेको हो।
पछिल्लो समय कोभिडको मारमा परेको भन्दै निर्माता अर्जुन कुमारले तेस्रोपटक रिलिज गर्न लागिएको बताए। ‘हाम्रो फिल्म दुईपटक नै रिलिज हुँदा कोभिडको मारमा पर्यो। कोभिड कम भएलगत्तै रिलिज भएकाले दर्शक हलसम्म आउने वातावरण बनेन । त्यसकारण यसपटक रिलिज गरेका हौँ,’ निर्माता अर्जुन कुमारले भने।
उनले दर्शककै मागका कारण रिलिज हुन् लागेकोसमेत बताए। निर्देशक निकेश खड्काले अब फिल्म रिलिज नहुने बताए । ‘तेस्रोपटक रिलिज भयो, अब हुँदैन। अघिल्लो दुई रिलिजमा दर्शकले फिल्म हेर्ने वातवरण थिएन। राम्रो प्रतिक्रिया बटुले पनि कोभिडका कारण दर्शक हलसम्म आएनन्,’ उनले भने।
‘चपली हाइट ३’ मा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, महेश त्रिपाठी, आमिर गौतमलगायतका कलाकारको अभिनय छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment