के डिप्रेसनमा छिन् सामन्था ?

डिसी नेपाल
२० साउन २०७९ १०:३३
220
Shares

काठमाडौं। साउथ फिल्म स्टार सामन्था रुथ प्रभु मिडिया छाइरहने अभिनेत्रीमा पर्छिन्। कहिले विवाद र कहिले चर्चाले उनलाई मिडियाले कहिल्यै छोड्दैन। ‘द फेमिली मेन’ र ‘पुष्पा’को गीत ‘ऊ अटावा’को सफलतापछि उनको फ्यान फलोइङ ह्वात्तै बढेको छ।

पेन इण्डियाको प्रोजेक्टमा अनुबन्धित भएपछि उनी प्रायः मुम्बई र हैदराबादको यात्रा गरिरहन्छिन्। हालैमात्र उनी मुम्बई एयरपोर्टमा भेटिइन्। जसको तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । उनको तस्बिर हेर्दा अधिकांशले उनलाई डिप्रेसन भएको अनुमान लगाएका छन्।

एयरपोर्टमा उनी निकै सामान्य लुक्समा देखिएकी थिइन्। उनको हातमा एक पुस्तक पनि थियो। जुन पुस्तकमा लेखिएको क्याप्सनमा इन्टरनेट प्रयोगकर्ताको आँखा पुगेको थियो। पुस्तकको नाम ‘यू क्यान हील योर लाइफ’ लेखिएको थियो।

सामन्थाको हातमा यो पुस्तक देखेपछि अधिकांशले डिप्रेसनको आँकलन गरेका छन्। कतिपयले नागासँगको सम्बन्धविच्छेदपछि त्यसको ह्याङओभर अझै रहेको उल्लेख गरेका छन् । नागा र सामन्थाले गत वर्षको अक्टोबरमा सम्बन्धविच्छेद गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *