पेटको समस्याबाट छुटकारा पाउन यसो गर्नुहोस्

डिसी नेपाल
२० साउन २०७९ १०:४०

काठमाडौं । आजकल मानिसहरुमा पेट दुख्ने, पेट पोल्ने र कब्जियत हुने जस्ता समस्याहरु सामान्य भइसकेको छ । वर्षायाममा पेट सम्बन्धी समस्या अझ बढ्ने गर्दछ । किनभने वर्षायाममा आर्द्रता बढेपछि फङ्गस र ब्याक्टेरिया द्रुत गतिमा फैलिन थाल्छ, त्यसैले ज्वरो, एलर्जी र संक्रमणका घटनाहरू तीव्र रूपमा बढ्न थाल्छन् र यी सबैले हाम्रो पेट र पाचनमा असर गर्छ। पाचन प्रणालीलाई नै असर पार्न सक्ने अस्वस्थकर खानाले ठूलो समस्या पनि निम्त्याउन सक्छ ।

पाचन प्रक्रियाले नै राम्रोसँग काम गर्न नसकेको अवस्थामा पेटसम्बन्धी धेरै रोगहरूले सताउने गर्छ । त्यसका लागी पाचन प्रणालीलाई स्वस्थ राख्नु र स्वस्थकर खाना खानु निकै आवश्यक हुन्छ । यस्तै, पेटको दुखाई कम गर्नका लागि घरेलु उपचारले पनि केही हदसम्म काम गर्छ । कुनै कुनै अवस्थामा घरेलु उपचारबाटै तपाईको दुखाई सञ्चो हुन सक्छ । यस्ता छन् ।

काँचो केराले पेट सम्बन्धी समस्यामा फाइदा गर्छ । केरामा पेक्टिन नामक फाइबर पाइन्छ। जसले पखालासँग लड्न मद्दत गर्छ। बान्ता र पखाला हुँदा शरीरमा इलेक्ट्रोलाइट सन्तुलन बिग्रन्छ। केराले शरीरमा बिग्रने इलेक्ट्रोलाइटको मात्रालाई पनि सही राख्छ। काँचो केराका केही टुक्रा मह वा अदुवा मिसाएर खाँदा पेट दुख्ने समस्यामा आराम मिल्छ।

अपचको समस्या अचेल सामान्य भएको छ । यो वयस्क र साना केटाकेटीहरूमा पनि देखिएको छ। नेशनल लाइब्रेरी अफ मेडिसिनमा प्रकाशित एक रिपोर्ट अनुसार जीराको पानीले पेटको समस्यामा आराम दिन्छ। यसमा पाइने ग्यास्ट्रोप्रोटेक्टिभ गुणले पेट दुख्ने, पेटमा जलन हुने, ग्यास हुने, पेट फुल्ने र बान्ता हुने समस्यामा राहत दिन्छ।

बेसारले पेटको समस्याका लागि फाइदाजनक हुन्छ । आयुर्वेदमा बेसारका धेरै फाइदाहरू बताइएका छन् । बेसार यसको एन्टी ब्याक्टेरियल र एन्टी इन्फ्लेमेटरी गुणका लागि पनि चिनिन्छ। पेटको समस्यामा बेसारको प्रयोग निकै प्रभावकारी साबित हुन्छ । यसले बेचैनी पनि कम गर्छ । यो धेरै तरिकामा प्रयोग गर्न सकिन्छ। यसलाई खानामा वा चियासँग मिसाएर प्रयोग गर्न सकिन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *