गीत : सास अडि्कयो ओठमा…

डिसी नेपाल
२१ साउन २०७९ १०:१७

पुरूष:

तिम्रो चोली तुनामा नजर पल्कियो
सास अड्कियो ओठमा माया झल्कियो!

महिला:

तिम्रो शिरको टोपीमा नजर पल्कियो
सास अड्कियो ओठमा माया झल्कियो!

पुरूष:

यता उता बरपर गर्दै तिमी किन?
मेरै घरको बाटो पारी हिड्दै प्रत्येक दिन।
कैले हान्छौ प्रीतिको बाण झुक्याएर तिमी
कैले हान्छौ नजरले घुमाई फन फनी॥

तिम्रो चोली …..

महिला:

झ्याम्मै दाह्री पालेका छौ लर्काएर बाल
भमँरा झै भुनभुनाउँछौ निको छैन चाल।
कतै तिम्ले राख्या छौ कि लुकाएर दिलमा
चरैकुना मिलाएर परेलीको झीलमा॥

तिम्रो शिरको

पुरूष:

अलिकति मुटुमा छौ अलिकति दिलमा
फुलाएर राखेको छु परेलीको झीलमा।
कमलको फूल जस्तै ढकमक फुली
मग्मगाऊ सधैं मेरो जिन्दगीमा खुली ॥

तिम्रो चोली …

तिमी पनि बसेका छौ मुटु भित्र मेरो
सजाएर राखेको छु दिलको सेरोफेरो।
घरिघरी नजिस्क्याउँ है निदरीमा आई
कमल झै मग्गमगाउँला जिन्दगीमा छाई ॥

तिम्रो शिरको…




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *