इण्डियन आइडल छोड्दै अनु मलिक
काठमाडौं। संगीतकार तथा गायक अनु मलिक ‘इण्डियन आइडल’बाट अलग्गिने भएका छन्। उनले अब पहिलोपटक ‘सा रे गा मा पा लिटिल च्याम्पस’मा निर्णायकको भूमिका निभाउनेछन्। अनुले यो कुराको पुष्टी गरेका छन्।
‘म लामो समयदेखि इण्डिया आइडलसँग जोडिएको छु। अब म योभन्दा अगाडि बढ्न चाहन्छु। पहिलोपटक सा रे गा मा पाको निर्णायक हुन पाउँदा खुशी छु। अब म युवा गायक गायिकालाई जज गर्न केन्द्रित हुनेछु’, अनुले भनेका छन्।
इण्डियन आइडलमा रहँदा अनु ‘मीटू’ विवादमा मुछिएपछि उनले यो शो छोडेका थिए। तर सन् २०२१ मा विशाल ददलानीले शोबाट ब्रेक लिएपछि उनको स्थानमा पुनः मलिक गएका थिए।
‘मिटु’ विवादमा जोडिएपछि यो विषयमा उनलाई सञ्चारमाध्यमले प्रश्न गर्दा उनले बोल्न अस्वीकार गरेका थिए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment