कविता : मेरो चाहना

डिसी नेपाल
२२ साउन २०७९ १२:५७

सबैले मलाई आफैमा ठूलो मान्नुपर्छ
ममा केही गुण भए पनि नभए पनि
केही दिन सके पनि या नसके पनि
समाजमा म ठूलो हुँ किनभने म म हुँ
म म हुनुमै ठूलो छ यसर्थ म बिषय हुँ
म मेरो जीवनमा बिषयान्तर हुनु हुँदैन
कनकि यो मेरो चाहना हो मात्र मेरो।

चाँहेर होस अथवा कुनै नचाहेर होस्
प्रबृतीहरूमा म मेरो अनुसारनै हुनुपर्छ
किनकी म प्रबृतीहरूलाई जित्ने छु
समयका अनेक यन्त्रहरूमा म छु
मैले कसैसँग प्रतिस्पर्धा गर्नुपर्ने छैन
म आफैंमा हुनुले मलाइ म बनाएको छ
यसैले सदैब मैले जित्नु पर्छ एकल म
किनकि यो मेरो चाहाना हो मात्र चाहना।

तिमी म जस्तो हुनै सक्दैनौ कदापि हुदैन
म सबल बिचारक हुँ म आफै्मा पूर्ण छु
मलाई हरेक मेरा सोचहरूले यसै भन्छन्
म तिमी भन्दा उत्कृष्ट छु किनकि यो म हुँ
म भन्दा कोही उँचो होला म मान्दै मान्दिन
मलाई मेरो सारा अनुभबले भनेको भनै छ
मेरो अन्तस्करणले सदैव मलाई म भन्छ
किनकि यो मेरो चाहाना हो मात्र चाहाना।

मेरा चाहानाहरु अनुसारनै सवै हुनुपर्छ
म बिचारहरूको मेरो पराकाष्ठामा छु
कोही मानिस यस्तो हुनै असंभव छ
फरक बिचारहरू ममा अस्वीकार्य छन
म कुनै कर्म बिनानै आफैमा उत्कृष्ट छु
म स्वयं आफैमा छनौटको मापदण्ड हु
मान्छेहरूको उत्कृष्टता मेरो बिचार हो
किनकि यो मेरो चाहाना हो मात्र चाहा।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *