करार शिक्षकको आन्दोलन चर्कँदै, अर्कोतिर पदपूर्तिका लागि विज्ञापन
महोत्तरी। बर्दिबास नगरपालिकाले करार शिक्षक पदमुक्त गरेपछि आन्दोलन चर्किँदै गएको छ। नगरले करारमा कार्यरत ६२ जना शिक्षकलाई पदमुक्त गरेपछि मेयर प्रल्हाद क्षेत्रीलाई ज्ञापनपत्र बुझाउनुका साथै चरणबद्ध आन्दोलनमा उत्रिएका छन्। राजनीतिक दलहरुले पनि करार शिक्षकलाई हटाउन नहुने धारणा सार्वजनिक गरेका छन्।
सोमबार बसेको सर्बदलीय बैठकले करारका शिक्षकलाई पुनर्वाहली फर्काउन माग गरिएको माओवादी केन्द्र महोत्तरीका इन्चार्ज राजु खडकाले जानकारी दिए। तर, नगरपालिकाले भने ७८ जना शिक्षक पदपूर्तिका लागि विज्ञापन निकालेको छ।
माध्यमिक तहका लागि ३८, निम्न माध्यमिक तहका लागि १९, प्राथमिक तहका लागि चार र कम्प्युटर सहायक सिक्षक १० जना गरी ७८ जनाका लागि बुधबार दरखास्त आह्वान गरिएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment