भिटामिन बी १२ को कमी भएमा जिब्रोमा देखिन्छ यस्तो लक्ष्यण 

डिसी नेपाल
२६ साउन २०७९ ११:२८

काठमाडौँ। मानिसलाई स्वस्थ रहनको लागि भिटामिन आवश्यकता पर्दछ। हाम्रो शरीरमा भिटामिनको उत्पादन खासै नहुने भएको हुनाले शरीरलाई आवश्यक पर्ने भिटामिन हामीले खानको मध्यमबाट परिपूर्ति गर्नुपर्दछ। मानिसलाई स्वस्थ रहन विभिन्न किसिमका भिटामिन चाहिन्छ। विभिन्न प्रकारका भिटामिनहरूले हाम्रो शरीरमा विभिन्न कार्य गर्ने गर्दछन्। शरीरमा भिटामिनको कमी भएमा धेरै किसिमका समस्याको सामना गर्नु पर्ने हुन्छ।

कहिलेकाहीँ शरीरमा भिटामिनको कमी पत्ता लगाउन धेरै गाह्रो हुन्छ किनभने यसको लक्षण धेरै ढिलो देखिन थाल्छ। समयमै पत्ता लागेन भने यसले धेरै गम्भीर समस्या निम्त्याउन सक्छ । यस्तो अवस्थामा आफ्नो शरीरमा हुने सानातिना परिवर्तनहरूलाई बेवास्ता गर्नु हुँदैन।

सबै भिटामिनहरू जस्तै, भिटामिन B12 पनि शरीरको लागि धेरै महत्त्वपूर्ण मानिन्छ। यो भिटामिनले रातो रक्त कोशिका र डीएनए निर्माणको लागि मात्र नभएर यसले मस्तिष्क र तंत्रिका कोशिकाको विकासमा पनि महत्त्वपूर्ण भूमिका खेल्छ। भिटामिन बी-१२मासु, अण्डा र दुग्धजन्य पदार्थमा पाइन्छ। शरीरमा भिटामिन बी-१२ को कमीले मुटुको समस्या, बाँझोपन, थकान, मांसपेशी कमजोरी र स्नायु प्रणालीसँग सम्बन्धित समस्याहरू निम्त्याउन सक्छ। यसका साथै शरीरमा भिटामिन बी-१२ को कमी भएमा यसको लक्षण जिब्रोमा पनि देखिन्छ ।

स्वास्थ्य वेबसाइट वेबमेडका अनुसार शरीरमा भिटामिन बी-१२ को कमीका कारण मानिसको जिब्रोमा अल्सर हुने समस्याको सामना गर्नुपर्ने हुन्छ । यस्तो अवस्थामा जिब्रो वा गिजामा अल्सर हुन सक्छ। जिब्रोमा बनेको घाउ सामान्यतया आफैं निको हुन्छ, तर यदि तपाइँ दुखाइ र जलनबाट बच्न चाहनुहुन्छ भने, अमिलो र पिरोको सेवन नगर्नुहोस्। यसका लागि बजारमा धेरै प्रकारका औषधिहरु पनि उपलब्ध छन्, जसले तपाईको दुखाई कम गर्न सक्छ।

वेबमेडको अनुसार, जिब्रोमा घाउ हुनुसंगै अत्यधिक चिल्लो हुनु भिटामिन बी-१२को कमीको एक लक्षण हो। जिब्रोमा हुने स-साना दानालाई प्यापिला भनिन्छ तर शरीरमा भिटामिन बी १२ को कमीका कारण यी दाना पूरै गायब हुन्छन् र तपाईंको जिब्रो एकदमै चिल्लो हुन्छ। तर जिब्रो चिल्लो हुनुको कारण भिटामिन बी १२ को कमी मात्र होइन, कहिलेकाहीँ संक्रमण र औषधिको कारणले जिब्रो चिल्लो हुन सक्छ।

भिटामिन B12 को कमी को लक्षण
शरीरमा भिटामिन बी १२ को कमी हुनुका अन्य धेरै लक्षणहरू छन्, जानौं तिनका बारेमा-
शरीरमा ऊर्जाको कमी हुनु
मांसपेशी कमजोरी हुनु
दृष्टि धमिलो हुनु
मनोवैज्ञानिक समस्या जस्तै डिप्रेसन र भ्रम हुनु
स्मरणशक्ति ह्रास आउनु र  चीजहरू बुझ्न कठिनाई हुनु
शरीर झनझनु

यी चीजहरूमा भिटामिन बी १२ प्रशस्त मात्रामा हुन्छ
नेशनल हेल्थ सर्भिस (NHS) का अनुसार १९ देखि ६४ वर्षका मानिसहरूलाई दैनिक १.५ माइक्रोग्राम भिटामिन बी १२ चाहिन्छ। यस्तो अवस्थामा जानौं कुन चिजमा भिटामिन बी १२ पाइन्छ-

मासु
माछा
दूध
चीज
अण्डा
अनार

यस बाहेक भिटामिन बी १२ को धेरै सप्लिमेन्टहरू पनि बजारमा उपलब्ध छन्, तर यसको सेवन गर्नुअघि एकपटक आफ्नो डाक्टरसँग सलाह लिनुहोस्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *