दिपक लिम्बुले ल्याए ‘समायोजन’

डिसी नेपाल
२६ साउन २०७९ ११:५०
80
Shares

काठमाडौं। पछिल्लो समय सांगीतिक एल्वम ल्याउने प्रचलन हराउँदै गएको छ। गायक तथा संगीतकारहरुले एउटामात्र ट्रयाक रेकर्ड गरेर सार्वजनिक गर्ने प्रचलन बढेको छ। यस्तैमा गायक दिपक लिम्बुले सांगीतिक एल्वम समायोजन सार्वजनिक गरेका छन्।

बुधबार राजधानीमा एक कार्यक्रमकाबीच गायक दिपकको एकल गायन, डम्बर नेपालीको एकल शब्द तथा संगीत रहेको ‘समायोजन’ नामक सांगीतिक एल्वमको बिमोचन गरिएको हो। यस एल्बममा ४ वटा गीत छन्।

एक गीतमा गायक लिम्बुलाई त्रिशला गुरुङले स्वरमा साथ दिएकी छन्। समायोजन’ को निर्माण तथा ब्यबस्थापन रुकमान लिम्बुले गरेका हुन्। रुबुषा क्रियटिभ वर्क्सको प्रस्तुति रहेको एल्बममा समाबेश एक गीतको भिडियो पनि सार्वजनिक गरिएको छ।

एल्बम बिमोचन कार्यक्रममा महेश खड्का, पारस मुकारुङ, मिलन चाम्स, प्रेम श्रेष्ठ, चन्द्र कुमार, सुर्य बहादुर मगर, हेमराज लिम्बु, उत्तम केसी, भीषण मुकारुङ, तारा प्रकाश लिम्बू, बिनोद न्यौपाने, चन्द्र कुबेर खापुङ्ग लगायत थुप्रै स्रस्टा तथा सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो।

कार्यक्रममा उपस्थित अतिथिहरुले दिपक लिम्बुको गायकी र डम्बर नेपालीको संगीतको बारेमा प्रसंशा गरे । कार्यक्रममा ‘नढाँटन हौ’ बोलको गीतको भिडियो पनि सार्वजनिक गरियो। युवराज वाइवाले निर्देशन गरेको भिडियोमा गायक दिपक लिम्बु र इशिका लिम्बु फिचर्ड छन् ।

महेश पौडेलले छायाँकन गरेको भिडियोको सम्पादन विकास दाहालले गरेका हुन् भने लोमस पौडेलले सहायक निर्देशनको जिम्मेवारी सम्हालेका छन्। युवराज वाइवाले ‘नढाँटन हौ’ को कथामा निकै नै मेहनत गरेको बताउँछन् । एउटा सामान्य परिवारले देखेको सपना पुरा गर्न गरेको मेहनतको कथा भिडियोले बोल्छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *