पाकिस्तानमा लाल सिंह चढ्ढाको प्रदर्शन गर्न माग

डिसी नेपाल
२८ साउन २०७९ ८:४८
1.5k
Shares

मुम्बई। अभिनेता आमिर खानको फिल्म ‘लाल सिंह चढ्ढा’ रिलिज भइसकेको छ। भारतका धेरै स्थानमा यो फिल्म बहिस्कारको माग चलिरहँदा पाकिस्तानमा भने फिल्म रिलिजको माग बढेको छ। पाकिस्तानको सिनेपेक्स मिडिया ग्रुपले फिल्मको प्रदर्शनका लागि इन्फर्मेसन मिनिष्ट्रीसँग नो अब्जेक्सन सर्टिफिकेटको माग गरेको छ।

मिनिस्ट्रीले नो अब्जेक्सन सर्टिफिकेट दिएमा सन् २०१९ पछि पहिलोपटक कुनै पनि भारतीय फिल्म पाकिस्तानमा रिलिज हुनेछ। यो फिल्मको वितरक पेरामाउन्ट पिक्चर्स हो। जसका फिल्म पाकिस्तानमा पनि रिलिज हुन्छन्।

तर, सेन्ट्रल बोर्ड अफ फिल्म सर्टिफिकेसन र सिन्ध बोर्ड अफ फिल्म सर्टिफिकेसनले भने आमिरको फिल्मलाई पाकिस्तानमा रिलिज गर्न नदिने भएको छ। ‘हाम्रो नीति परिवर्तन हुँदैन। कुनै पनि भारतीय फिल्म या भारतमा बनेको फिल्म हाम्रो देशमा रिलिज हुँदैन। लाल सिंह चढ्ढा भारतीय फिल्म हो र नीति अनुसार यो पाकिस्तानमा रिलिज गर्नका लागि मिनिस्ट्रीले अनुमति दिँदैन’, स्रोतले भनेको छ। सिन्ध सेन्सर बोर्डले भने आमिरको फिल्म पाकिस्तानमा रिलिजको लागि कुनै पनि अनुरोध प्राप्त नगरेको दाबी गरेको छ।

पुलवामा हमलापछि भारत–पाकिस्तानमा तनाव बढेको थियो । सम्बन्ध खराब भएसँगै पाकिस्तानी अभिनेता र फिल्मलाई भारतमा प्रतिबन्ध लगाइएको थियो । सन् २०१९ फेब्रुअरी २६ मा भारत तर्फबाट जवाफमा बालाकोटमा एयर स्ट्राइक भएपछि पाकिस्तानमा पनि भारतीय फिल्ममा प्रतिबन्ध लगाइएको थियो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *