कुशल श्रेष्ठले ल्याएको ‘माइती आँगन’मा प्राश्ना शाक्यको स्वर

डिसी नेपाल
२९ साउन २०७९ १२:२८
28
Shares

काठमाडौँ। हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजलाई लक्षित गर्दै बेलायतबाट ‘माइती आँगन’को म्यूजिक भिडियो सार्वजनिक गरिएको छ।

गायिका प्राश्ना शाक्यको स्वर तथा सुनिल मास्केको संगीत रहेको गीतमा मन्जु खनालका शब्द सिर्जना रहेको छ। जसमा प्रदीप श्रेष्ठको एरेन्ज छ। किशोर थापाको मिक्सिङ, भरत रेग्मीको कलरिङ रहेको गीतको भिडियोको निर्देशन निर्देशक कुशल श्रेष्ठले गरेका हुन्।

आधुनिकशैलीका गीतमा बढी रमाएका निर्देशक श्रेष्ठ बेलायतका सर्वाधिक व्यस्त निर्देशक तथा कुशल सञ्चारकर्मी हुन्। काव्या श्रेष्ठको सहनिर्देशन रहेको भिडियोमा छायांकन र सम्पादन पनि निर्देशक श्रेष्ठकै रहेको छ।

भिडियोमा स्थानीय कलाकारहरु आस्था जोशी, रोश्ना कार्की, दीपिका श्रेष्ठ, नीरु कोइराला, रीमा कँडेल, अमिका महत, शिक्षा पौडेल, विनीता थापा, विनी खनाल, प्रतिमा पाण्डे, मेरिना थापा र दीपक थापा मैथाने मगरले अभिनय गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *