प्रेमीले धोका दिएपछि प्रेमिकाले पत्रिकामा पूरा पेज विज्ञापन छापेर बेइज्जत गरिदिन्

डिसी नेपाल
२९ साउन २०७९ १३:४८

काठमाडौं । स्थानीय पत्रिकामा प्रकाशित एउटा विज्ञापनको निकै चर्चा छ । यो विज्ञापन स्टिभ नामक युवकको लागि युवतीले प्रकाशित गरेको हो। युवतीले यो विज्ञापन मार्फत स्टिभ कति ठुलो ठग हो भनेर सिङ्गो सहरलाई बताउन चाहेको बताएकी छिन् ।

घटना अस्ट्रेलियाको हो । यो विज्ञापन म्याके एन्ड ह्वाइट सन्डे लाइफ पत्रिकाको क्वीन्सल्याण्ड संस्करणमा प्रकाशित भएको छ। जेनी नामकी युवतीले अगस्ट १२ को संस्करणको लागि यो विज्ञापन गरिन्।

युवतीले यो खुल्ला चिठ्ठीमा लेखेकी छिन्- प्रिय स्टिभ, मलाई आशा छ तिमी उनीसँग खुसी हुनेछौ। अब सारा सहरले थाहा पाउनेछ तिमी कति ठूलो धोखेबाज हौ।’ पत्रमा युवतीले आफ्नो नाम जेनी लेखेकी छिन् । विज्ञापनको अन्त्यमा लेखिएको थियो- नोट : मैले यो विज्ञापनको लागि तिम्रो क्रेडिट कार्डबाट पैसा तिरेको छु।

यो खुल्ला पत्र पत्रिकाको चौथो पृष्ठमा छापिएपछि म्याके एन्ड ह्वाइट सन्डे लाइफ पत्रिकाले दर्जनौं सन्देश प्राप्त गरेको छ । अखबारले भन्यो- हामीलाई थाहा छैन यो स्टिभ को हो, तर स्पष्ट रूपमा ऊ धेरै खराब व्यक्ति हुनुपर्छ। पत्रिकाले यो पनि भन्यो- हामी जेनीको बारेमा कुनै जानकारी साझा गर्दैनौं।

यद्यपि, जेनीको अन्तिम बदला प्रभावकारी साबित भएन। म्याके एन्ड ह्वाइट सन्डे लाइफ पत्रिकाले भनेको थियो- हामीले त्यो क्रेडिट कार्डबाट विज्ञापन शुल्क लिएका छैनौं।

तर जेनीको यो कदमलाई मानिसहरुले निकै तारिफ गरिरहेका छन् । एकजनाले भने- म जेनी जस्ता मानिसहरूलाई मेरो साथी बनाउन चाहन्छु। अर्कोले भने – जेनी मेरो नयाँ फेभरेट हुन्।

विज्ञापन पढेपछि स्टिभप्रति मानिसहरूको आक्रोश उत्रियो। एकजनाले लेखे- स्टीभलाई कहिल्यै विश्वास नगर्नुहोस्। अर्कोले ठट्टा गर्दै भने– स्टिभ र जेनी नामको व्यक्तिलाई चिनेका मानिसहरूको कान ठाडो भयो होला ।

यद्यपि, केही मानिसहरू स्टीव र जेनीको कथा सत्य होइन भन्ने विश्वास गर्छन्। उनीहरूलाई लाग्छ यो केवल एक मार्केटिंग रणनीति हो। एक प्रयोगकर्ताले लेखे– यो पीआर स्टन्ट हो । अर्काले लेखेका छन् – यो तपाईको पेजमा लाइक र पाठकहरू प्राप्त गर्ने राम्रो तरिका हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *