सिट बाँडफाँट कार्यदलको बैठक बस्दै, कार्यदलमा नै टुंगो लगाउने प्रयास गरिने

डिसी नेपाल
१ भदौ २०७९ ८:०५
48
Shares

काठमाडौं। संघीय संसद र प्रदेश संसदको निर्वाचनको सिट बाँडफाँटका लागि गठन भएको पाँच दलीय गठबन्धनको कार्यदलको बैठक आज अपरान्ह बस्ने भएको छ।

वालुवाटरमा स्थित प्रधानमन्त्री निवासमा बस्ने बैठकले संघीय संसदका १ तथा ६५ तथा प्रदेश संसदका ३ सय ३० सिटका सिट वाँडफाडको प्रारम्भिक खाकामा छलफल गर्नेछ।

२०७४ सालको निर्वाचन र गत ३० बैशाखको स्थानीय तहको निर्वाचनको मत परिणामलाई आधार मानेर सिट बाँडफाँडमा सैद्धान्तिक सहमति गरेको कार्यदलले सो अनुसारका सिट बाँडफाँटको मोडालिटीमा छलफल गरेर शिर्ष नेतृत्वलाई सुझावसहितको प्रतिवेदन दिनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *