फागुन १९ मा ‘बर एन्ड बधू’
काठमाडौँ। मिलन चाम्सको निर्देशनमा तयार भैरहेको फिल्म ‘बर एन्ड बधू’को प्रदर्शन मिति तय गरिएको छ। रोमानियामा फिल्मको छायांकन सकेर नेपाल आएलगतै यसको निर्माण टिमले फिल्मको प्रदर्शन मिति तय गरेको हो।
निर्देशक चाम्सले दिएको जानकारीअनुसार, लभ स्टोरी र कमेडी जनरामा तयार भएको यो फिल्म आउँदाे १९ फागुनबाट रिलिज हुनेछ । वितरकसँग सल्लाह गरेर फागुणलाई प्रदर्शन मिति तय गरिएको चाम्सले बताए।
यो फिल्ममा नायिका आँचल शर्मा र नव–नायक विवेक कर्माचार्यको मुख्य भूमिका छ। रोमानियामा छायांकनका केही तस्बिरसमेत निर्माणपक्षले सार्वजनिक गरेको थियो, जसमा आँचल र विवेक रोमान्टिक देखिएका छन्।
एलआरके इन्टरटेन्मेन्टको ब्यानरमा यो फिल्म तयार भएको हो। फिल्मका कार्यकारी निर्माता डाक्टर अमित रिजाल हुन्। फिल्ममा जानुका थापाको लगानी छ।
भदौ र असोजपछि नेपाली फिल्मका निर्माताको आँखा फागुन महिनामा बढी देखिएको छ। मंसिरको निर्वाचन र त्यसलगतै आउने विश्वकप फुटबलका कारण पनि धेरै निर्माता फागुन र चैतलाई टार्गेट गरिरहेका छन्।
रोमान्टिक फिल्ममा मिलन चाम्सले आफ्नो छुट्टै छाप छाडिसकेकाले पनि यो फिल्म दर्शकका लागि प्रतिक्षामा रहने निश्चित छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment