सिट बाँडफाँट कार्यदलको प्रस्तावमाथि छलफल गर्न सत्ता गठबन्धनको बैठक
काठमाडौं। सत्ता गठबन्धनका शीर्ष नेताहरूबीचको बैठक आज बस्ने भएको छ। बिहान १० बजे बालुवाटारमा बस्ने बैठकले आसन्न निर्वाचनका लागि सिट बाँडफाँट कार्यदलको प्रस्तावमाथि छलफल हुनेछ। चुनाव आगामी मंसिर ४ गते तय भएको छ।
कार्यदलको बुधबारको बैठकले शीर्ष नेताहरूबीचको छलफलबाट सिटबारे टुंगो लगाउने निर्णय गरेको थियो। कार्यदलले स्थानीय तहको निर्वाचन मोडेल, २०७४ मा पाएको सिट संख्याको मोडेल लगायत मोडल प्रस्ताव गरेको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment