इन्टरनेटमा पाइने फिल्म ‘कार्तिकेय २’ हलमा लाग्दै, तीनवटै नेपाली फिल्मलाई असर गर्ने
काठमाडौँ। भारतीय फिल्म सस्तोमा पाइने भएपछि वितरकहरू लोभिन थालेका छन्। अझै पछिल्लो समय दक्षिण भारतीय स्टारले अभिनय गरेकाबाहेकको अभिनय रहने फिल्महरू नेपाल सस्तोमा भित्रिन थालेको छ।
स्टारले अभिनय गरेको फिल्म करोडभन्दा बढीमा नेपाल आउने सिलसिला नेपालमा अपरिचित स्टारका फिल्म भने नेपाली दश लाखभन्दा पनि कममा आउने गर्छन्। गत २७ साउनमा रिलिज भएको लाल सिंह चड्डा र रक्षा बन्धनले नेपाली दर्शक तान्न नसकेपछि विदेशी फिल्मलाई नेपालमा प्रदर्शन गर्ने वितरकलाई ठूलै घाटा लाग्यो।
यी फिल्मसँग नेपाली फिल्म रिलिज थिएनन्। वितरकले दुवै फिल्म ल्याए। तर, दर्शक हल पुगेनन्। पुगेकाले पनि फिल्म हेर्न सिफारिस गरेनन्। यसअगाडिको फिल्म ‘शमशेरा’को विजनेसले नै निराश बनेका ती वितरकलाई आमिर खान र अक्षय कुमारको फिल्मले ठूलै झट्का दियो। ती फिल्मले दर्शक तान्न नसकेपछि ती वितरकको समूहले साउथ इन्डियन फिल्म ‘कार्तिकेय २’ लाई नेपाल रिलिज गर्दैछन्।
वितरकहरुले ‘कार्तिकेय २’ सस्तोमा पाएपछि एक साता ढिलो भए पनि नेपाल ल्याउन लागेका हुन्। ३ भदौमा नेपाली फिल्म नै तीनवटा रिलिज हुँदैछन् ।भारतबाट सस्तो रकममा साउथ फिल्म ल्याएर यहाँ राम्रै रकम कमाउने उद्देश्यका साथ दक्षिण भारतीय फिल्म ‘कार्तिकेय २’ पनि नेपाल भित्राउने तय गरेका हुन्।
हिन्दी फिल्म वितरणको फ्रन्टमा देखिएका मनोज राठी सहितको टिमसँग नेपाली फिल्म मेकर्स असन्तुष्ट रहँदै आएका छन्। नेपाली फिल्मकै भिडन्त भनिएको ३ भदौको डेटमा एक साता अगाडि नै रिलिज भएर इन्टरनेटमा पाइरेसी भएको तेलुगु फिल्म ‘कार्तिकेय २’ ल्याएर नेपाली फिल्मको शो खोसेको नेपाली निर्माताहरुको आरोप छ।
बलिउडमै राम्रो शो नपाएको र इन्टरनेटमा प्रसस्तै पाइने फिल्म ‘कार्तिकेय २’ ल्याएर नेपाली फिल्मको शो प्रभावित बनाएको आरोप नेपाली फिल्मका निर्माताहरुले लगाएका छन्। शुक्रबारदेखि ‘प्रेमगन्ज’, ‘माइकल अधिकारी’ र ‘कृष्णलीला’ रिलिज हुँदैछ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment