रणवीरको शमशेरालाई १ करोड जरिवाना
मुम्बई। दिल्ली उच्च अदालतले रणवीर कपूरको फिल्म ‘शमशेरा’लाई ओटीटीमा रिलिज गर्न अनुमति दिएको छ । अदालतले यशराज फिल्मस्लाई अगष्ट २२ सम्ममा अदालतको रजिष्ट्रीमा एक करोड रुपैंयाँ जम्मा गर्नसमेत भनेको छ । यो मामला कपीराइट उल्लंघनसँग जोडिएको छ ।
फिल्मको ओटीटी रिलिजसँग जोडिएको मामलामा सुनुवाई गर्दै न्यायाधिश ज्योति सिंहले विक्रमजीत भूल्लरद्वारा दायर एक मुद्धामा यो आदेश जारी गरिएको हो ।
भुल्लरले फिल्म निर्माताले उनको साहित्यिक कृति ‘कबहु ना छाडे खेत’ को कपीराइट उल्लंघन गरेको दाबी गरेका छन् ।अदालतले तोकिएको समयमा पैसा जम्मा नगरे ओटीटीमा फिल्म प्रसारणमा रोक लगाउने र त्यो अगष्ट २३बाट कार्यान्वयन हुनेसमेत बताएको छ ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment