रियल मड्रिडको दोस्रो जित

डिसी नेपाल
५ भदौ २०७९ ७:०२
148
Shares

काठमाडौं। लुका मोड्रिकको उत्कृष्ट गोलमा साविक विजेता रियल मड्रिडले स्पेनिस ला लिगामा लगातार दोस्रो जित निकाल्ने क्रममा सेल्टा भिगोलाई ४-१ अन्तरले पराजित गरेको छ। करिम बेन्जेमाको गोलमा रियलले खेलमा अग्रता बनायो तर लागो आसपासले गोल गर्दै खेल १-१ को स्थितिमा ल्याए। दुबै गोल पेनाल्टीमा भएको थियो।

यसपछी क्रोयसियाका ३६ वर्षीय खेलाडी लुकाले डेभिड अलाबाको पासमा २५ यार्डबाट गोल गरे। यसपछि भिनिसिअस जुनिअरले तेस्रो तथा फेडेरिको भाल्भार्डेले चौथो गोल गरे।

खेल सकिन पाँच मिनेट अघि रियलले पुनः पेनाल्टी पायो। तर इडेन हाजार्डको प्रहार गोलरक्षक मार्चेसिनले रोके। उनले ला लिगाको ५० खेलमा जम्मा ४ गोल गरेका छन् । यस सिजन रियलले तीन खेलमा तीन नै जितेको छ। दुई खेल ला लिगामा। यस संगै रियल ला लिगाको शीर्ष स्थानमा छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *