आमा बनिन् अभिनेत्री सोनम कपुर
काठमाडौं । बलिउड अभिनेत्री सोनम कपुर छोराको आमा बनेकी छिन्। सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत उनले छोरा जन्मेको जानकारी दिएकी हुन्। सोनम कपुरले बिजनेसम्यान आनन्द आहुजासँग मे २०१८ मा विवाह गरेको थियो ।
सोनमको डेलिभरी मुम्बईको एक निजी अस्पतालमा भएको थियो। सोनम र आनन्दले इन्स्टाग्राममा स्टेटमेन्ट सेयर गर्दै सन्तान प्राप्तीबारे जानकारी दिएका छन् । जसमा लेखेका छन, ‘अगस्ट २० तारिखमा हामीले सुन्दर बच्चालाई स्वागत गरेका छौं । सबै डाक्टर, नर्स, साथी र परिवारलाई धन्यवाद जसले हामी यात्रामा साथ दिनुभयो । यो एउटा यात्राको सुरुआत मात्र हो । हामीलाई लाग्छ, हाम्रो जीवन सँधैको लागि बदलिएको छ ।’
View this post on Instagram
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment