इमरान खानमाथि ‘हेट स्पिच’को आरोप

डिसी नेपाल
५ भदौ २०७९ १३:३९
32
Shares

इस्लामाबाद। इस्लामावादमा एक र्‍यालीलाई सम्बोधन गर्ने क्रममा राज्य संस्था र सरकारी अधिकारीहरूलाई धम्की दिएको केही घण्टापछि पाकिस्तानको मिडिया वाचडगले सबै स्याटेलाइट टेलिभिजन च्यानलहरूमा पूर्वप्रधानमन्त्री इमरान खानको लाइभ भाषण प्रसारणमा प्रतिबन्ध लगाएको छ। पाकिस्तान इलेक्ट्रोनिक मिडिया नियामक प्राधिकरण (पेम्रा)ले यस्तो प्रतिबन्ध लगाएको हो।

शनिबार एक सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा गत हप्ताअघि पक्राउ परेका आफ्ना सहयोगी शाहबाज गिलमाथि गरेको व्यवहारलाई लिएर उच्च प्रहरी अधिकारी, एक महिला मजिस्ट्रेट, पाकिस्तानको निर्वाचन आयोग र राजनीतिक विरोधीविरुद्ध मुद्दा दायर गर्ने धम्की दिएपछि उनको भाषण प्रसारणमा प्रतिबन्ध लगाइएको हो।

पाकिस्तान तेहरिक–इ–इन्साफले आफ्नो भाषण÷कथनहरूमा राज्य संस्थाहरू र अधिकारीविरुद्ध आफ्नो उत्तेजक बयानमार्फत निराधार आरोप र घृणापूर्ण भाषण फिँजाएर राज्य संस्थाहरूमाथि लगातार आरोप लगाइरहेका पेम्राले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *