उत्कृष्ट काम गर्ने प्रहरी निरीक्षक अधिकारी सम्मानित

डिसी नेपाल
५ भदौ २०७९ १५:०१

भोजपुर। अपराधिक घटना न्यूनिकरणमा उत्कृष्ट काम गर्ने प्रहरी निरीक्षक र बरिष्ठ प्रहरी हवल्दारलाई पौवादुङमा गाउँपालिकाले सम्मान गरेको छ।

गाउँपालिकाले इलाका प्रहरी कार्यालय तिवारीभञ्याङका प्रमुख प्रहरी निरीक्षक अर्जुनकुमार अधिकारी र प्रहरी चौकी च्याङ्ग्रेका इन्चार्ज बरिष्ठ प्रहरी हवल्दार हरि लामालाई सम्मान गरेको हो।

भोजपुरबाट चोरी भएका मोटरसाइकल खोजीमा उत्कृष्ट काम गर्दै शान्ति सुरक्षा कायम गर्न महत्वपूर्ण भूमिका खेलेको भन्दै गाउँपालिकाले प्रहरी निरीक्षक अधिकारी र बरिष्ठ हवल्दार लामालाई सम्मान गरेको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए।

‘समाजको शान्ति सुरक्षा उहाँहरुले खेलको भूमिकाको कदर गर्दै सम्मान गरेको हौँ’’ अध्यक्ष राईले भने,‘ उत्कृष्ट काम गर्ने राष्ट्र सेवक प्रहरीको कामको मुल्याङ्कन गर्न सके उहाँहरुलाई थप काम गर्न उर्जा मिल्छ ।’

केही समयअघि भोजपुरबाट हराएका मोटरसाइकल खोजीमा प्रहरी निरीक्षक अधिकारीको कमाण्डमा खटिएको प्रहरी समुहले मोटरसाईकलसहित चोरीमा सम्लग्नहरुलाई सार्वजनिक गरेको थियो।

प्रहरीले अधिकारी नेतत्वमा खटिएको प्रहरी समुहले निकै लामो अनुसन्धानपछि हराएका चार ओटा मोटरसाइकल र चोरीमा सम्लग्न सात जनाको गिरोहलाई नियन्त्रणमा लिएको थियो।

यहाँबाट चोरी गरिएका मोटरसाइकल संखुवासभाको विभिन्न विकट गाउँमा लगेर चलाएको अवस्थामा प्रहरी निरीक्षक अधिकारीको समुहले फेला पारेको थियो।

हराएका मोटरसाइकल प्रहरीको सकृयतामा फेला परेपछि प्रहरीको कामलाई स्थानीयले प्रशंसा गरेका छन्। प्रहरीले फेला पारेका मोटरसाइकल सम्वन्धित व्यक्तिको जिम्मा लगाइसकेको छ।

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *