अन्तर्राष्ट्रिय नेपाली समाज कतारको अध्यक्षमा राजाराम शाही चयन

डिसी नेपाल
५ भदौ २०७९ २३:३१

कतार । डा. बाबुराम भट्टराईको नेतृत्वमा रहेको नेपाल समाजवादी पार्टीको भातृ संगठन अन्तर्राष्ट्रिय नेपाली समाज कतारको शनिबार भएको पुनर्गठित भेलाले राजाराम शाही अध्यक्ष रहने गरी ३१ सदस्यीय कार्यसमिती निर्माण गरेको छ।

पछिल्लो समय जनता समाजवादी पार्टीमा उपेन्द्र यादव पक्षधर र डा. बाबुराम भट्टराई पक्षधरका विच पार्टीभित्रको विबाद चरम उत्कर्षमा पुगेपछी डा. बाबुराम भट्टराई जनता समाजवादी पार्टीबाट चोईटिएर नेपाल समाजवादी पार्टी गठन गर्न पुगेका थिए ।

हाल डा. भट्टराको नेतृत्वको पार्टीको विदेश स्थित भातृ संगठन खोल्ने क्रम बढेको देखिन्छ। डा. भट्टराको देस बाहिर पनी ठुलो संख्यामा समर्थक र शुभचिन्तक रहेका छन्। मध्यपूर्वको खाडी राष्ट्रमा भने भट्टराई नेतृत्वको पार्टीको भातृ संगठन अन्तर्राष्ट्रिय नेपाली समाज पहिलो गठन भएको प्रवक्ता ध्रुव क्षेत्री बताउँछन्।

यस्तो बन्यो अन्तर्राष्ट्रिय नेपाली समाज कतारको कार्यसमिति

अध्यक्ष राजाराम शाही, उपाध्यक्ष सन्तोष तिमल्सीना, रामजी सुवेदी, नवीन निरौला, राम सुनार पण्डित र शोभा चापागाईं रहेका छन् भने सचिवमा मनोज दाहाल, सह-सचिवमा नवीन रेग्मी र नरबाहादुर गुरूङ्ग छन् । त्यस्तै कोषाध्यक्षमा पुष्पराज भण्डारी, सह-कोषाध्यक्षमा करिश्मा दाहाल बस्ताकोटी, लोकेन्द्र बहादुर कार्की र गोविन्द चौधरी रहेका छन् । कार्यसमिति सदस्यमा – अर्पण श्रेष्ठ, रामसुन्दर मिश्र, सरोज कायर, प्रकाश पन्त प्रेम पौडेल, बाबुराम थापा, बाबुराम दवाडी, टेक बा। ढकाल, सूर्य गुरूङ्ग, प्रकाश विश्वकर्मा, राजेश दर्नाल, हर्क बा। माझी, सुरज क्षेत्री, तुलसीराम विश्वकर्मा र शेख जमशेद रहेका छन्। त्यसैगरी सल्लाहकार समितिमा- पवन राई, नवराज लामिछाने, भरत परियार, राज भट्टराई, राजु पुडासैनी सन्तोष पाठक, तारा सुनार, राजेन्द्र पराजुली, उत्तम भण्डारी, अब्दुल करीम मिया र राजनीतिक सल्हकारमा सुरेश भट्ट रहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *