प्रेमिकासँग मस्ती गर्दा समातिएपछि श्रीमतीको रामधुलाई कुटाइ खाएका नेता पार्टीबाट निष्काशित
काठमाडौं । भारतको उत्तर प्रदेशको कानपुरमा कारमा आफ्नी प्रेमिकासँग रोमान्स गर्दै गरेको बेला समातिएका भाजपा नेता मोहित सोनकरलाई उनकी श्रीमती र ससुराले कुटपिट गरेका छन् । उक्त घटनाको भिडियो सामाजिक सञ्जालमा निकै भाइरल बनेपछि अब मोहितलाई भाजपाका वरिष्ठ नेता गोविन्द नारायण शुक्लाले पार्टीबाट निष्कासन गरेका छन् ।
यसै क्रममा बुन्देलखण्डका क्षेत्रीय अध्यक्ष मानवेन्द्र सिंहले मोहितले १ महिनाअघि पार्टीबाट राजीनामा दिएको बताएका छन् । शनिबार राति भाजपा नेता मोहित सोनकरलाई उनकी श्रीमतीले बीजेपी महिला नेतासँग कार भित्र रोमान्स गर्दै गर्दा रंगेहात समातेकी थिइन्। त्यसपछि श्रीमती र ससुराले मोहितलाई चप्पलले कुटेका थिए ।
जानकारीका अनुसार भिडियो भाइरल भएपछि मोहितसँगै महिला नेतालाई पनि भाजपाले पार्टीबाट निकालेको छ । यस हंगामामा जुही प्रहरी चौकीमा दुवै पक्षका तर्फबाट एफआईआर दर्ता गरिएको छ । मोहितकी श्रीमतीले भाजपाकी एक महिला नेताका पतिविरुद्ध एफआईआर दर्ता गरेकी छन् ।
जबकि, महिला भाजपा नेताका पतिले मोहित सोनकर र उनका भाइहरू विरुद्ध एफआईआर दर्ता गरेका छन्। यस सम्पूर्ण मामिलामा विशेष कुरा के छ भने भिडियोमा मोहितकी श्रीमती र ससुरालाई कुटपिट गरेको देखिएको छ, जबकि उनीहरुविरुद्ध कुनै एफआईआर दर्ता भएको छैन ।
दुवै घटनाको प्रहरीले गम्भीरतापूर्वक अनुसन्धान गरिरहेको छ । भिडियोबारे पनि अनुसन्धान भइरहेको एसएसपी आलोक सिंहले बताए । मोहितको मेडिकल पनि भइसकेको छ । नियम बमोजिम कारबाही हुनेछ ।
यसअघि मोहितकी पत्नी आकांक्षाले मोहितको भाजपा नेतासँग अवैध सम्बन्ध रहेको र उनीहरु दुवैले विवाह गर्न लागेको आरोप लगाएकी थिइन् । त्यसपछि बाटोमा दुवैलाई समातेर कुटपिट गरियो । यो झगडामा भाजपा महिला नेतृका पति र परिवारका सदस्यहरू संलग्न थिए। मोहितकी श्रीमतीले महिला भाजपा नेताका श्रीमान् र परिवारका सदस्यहरूमाथि कुटपिट गरेको मुद्दा दायर गरेकी छन्।







डिसी नेपाल







Facebook Comment