पाकिस्तानमा हिन्दू सफाई कर्मचारीलाई ईशनिन्दाको आरोपमा निर्मम कुटपिट, मृत्युको खबर
काठमाडौं । पाकिस्तानमा एक हिन्दू सफाई कर्मचारीलाई मानिसहरूले ईश्वरनिन्दाको आरोपमा निर्मम रूपमा कुटपिट गरेका छन्। ब्यक्तिको मृत्यु भएको खबरहरु आइरहेका छन् तर कतिपय समाचारमा भने ब्यक्ति बाँचेको खबर पनि आइरहेको छ । पीडितको पहिचान अशोक कुमार रहेको छ ।
पाकिस्तानी पत्रकार नायला इनायतले ट्वीट गर्दै भनिन् – पाकिस्तानको हैदराबादमा हिन्दू सफाई कर्मचारी अशोक कुमारलाई कुरानको अपमान गरेको आरोपमा धारा २९५बी अन्तर्गत पक्राउ गरिएको छ । पसल साहु बिलाल अब्बासीसँग झगडा भएपछि बिलालले अशोकविरुद्ध उजुरी दिएका थिए ।
Earlier, a charged mob gathered around the apartment building to get hold of the Hindu man. Police dispersed the mob and arrested the victim. pic.twitter.com/3j0RHUzzHO
— Naila Inayat (@nailainayat) August 21, 2022
यो उजुरीपछि अशोकको अपार्टमेन्ट वरिपरि आक्रोशित भीड जम्मा भएको थियो र उनलाई घेरेको थियो। हैदरावाद प्रहरीले लाठी प्रयोग गरेर भीडलाई तितरबितर पारेको थियो। स्थानीय मिडियाका अनुसार एक मुस्लिम महिलाले कुरानमा आगो लगाएकी थिइन् ।
पाकिस्तानमा ईश्वरनिन्दाको कडा कानुनका कारण धेरै मानिसहरूलाई कुटपिट गरी मारिएको छ। डिसेम्बर २०२१ मा, श्रीलंकाको एक कारखाना प्रबन्धकलाई ईशनिन्दाको आरोपमा भीडले पहिले कुटपिट गरी मार्यो र त्यसपछि आगो लगाइदियो ।







डिसी नेपाल







Facebook Comment