पाकिस्तानसँगको खेलमा ५ दिन छँदा भारतका हेड कोच राहुल द्रविड कोरोना पोजेटिभ

डिसी नेपाल
७ भदौ २०७९ ११:५१
100
Shares

काठमाडौं । एसिया कपअघि भारतीय टोलीलाई ठूलो धक्का लागेको छ । भारतीय टोलीका मुख्य प्रशिक्षक राहुल द्रविड कोरोना पोजेटिभ देखिएपछि उनी एसिया कपमा हुने कि नहुनेमा अझै शंका छ । भारतीय टोली आज युएई जाँदैछ । एसिया कप यही शनिबार अर्थात अगस्ट २७ गतेबाट सुरु हुँदैछ र भारतको पाकिस्तानसँगको खेल २८ गते हुँदैछ ।

भारतका मुख्य प्रशिक्षक राहुल द्रविड पनि वेस्ट इन्डिजविरुद्धको सिरिजपछि ब्रेकमा छन् । एकदिवसीय सिरिज खेल्न जिम्बाब्वे पुगेको केएल राहुलको नेतृत्वमा रहेको टोलीलाई राष्ट्रिय क्रिकेट एकेडेमी (एनसीए)का निर्देशक भीभीएस लक्ष्मण प्रशिक्षकका रुपमा साथमा थिए । केएल राहुल र भिभीभीएस लक्ष्मणले जिम्बावेविरुद्ध क्लिन स्वीप गरेका थिए ।

एसिया कप युएईमा अगस्ट २७ बाट सुरु हुँदैछ । अगस्ट २८ मा भारतले आफ्नो पहिलो खेल पाकिस्तानसँग खेल्ने छ । नेपाली समय अनुसार यो खेल साँझ ७.४५ बजे हुने छ । टीम इण्डियाका लागि कठिन कुरा यो हो कि राहुल द्रविड अब कोरोना पोजिटिभ भएका छन् र यस्तो अवस्थामा उनलाई एसिया कपमा टीम इन्डियासँग उपस्थित हुन निकै गाह्रो हुन सक्छ ।

किनभने जबसम्म उनी नेगेटिभ र त्यसपछि फिट हुँदैनन् तबसम्म उनी टोलीमा आउन सक्ने छैनन्। यस्तो अवस्थामा एसिया कपमा राहुल द्रविडको सट्टा भिभिएस लक्ष्मण टोलीसँग यात्रा गर्नेछन्, त्यो ठूलो प्रश्न हो ।

एसिया कपका लागि भारतीय टोलीमा रोहित शर्मा (कप्तान), केएल राहुल (उपकप्तान), विराट कोहली, सूर्यकुमार यादव, ऋषभ पन्त (विकेटकिपर), दीपक हुडा, दिनेश कार्तिक (विकेटकिपर), हार्दिक पाण्ड्या, रविन्द्र जडेजा, आर अश्विन, युजवेन्द्र चहल, रवि बिश्नोई, भुवनेश्वर कुमार, अर्शदीप सिंह, आवेश खान छन् । स्ट्यान्डबाइ खेलाडी श्रेयस अय्यर, अक्षर पटेल र दीपक चाहर छन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *