दक्षिण कोरियामा कम भएन कोरोना सङ्क्रमण

डिसी नेपाल
७ भदौ २०७९ १४:१३

काठमाडौं।दक्षिण कोरियामा दिन प्रतिदिन कोरोनाका बिरामी बढिरहेका छन् । सोमबार मध्यरातसम्मको अभिलेखअनुसार हिजो मात्र एकलाख ५० हजार दुई सय ५८ नयाँ कोभिड–१९ का बिरामी थपिएका छन् । योसँगै देशमा कारोना पीडित हुनेको सङ्ख्या दुई करोड २४ लाख ४९ हजार चार सय ७५ पुगेको स्वास्थ्य अधिकारीहरूले मङ्गलबार जनाएका छन् ।

कोरियाली रोग नियन्त्रण र रोकथाम निकायका अनुसार गत आइतबार ५९ हजार ४६ जनामा तथा अघिल्लो साता अधिकतम ८४ हजार एक सय तीन जनामा पुष्टि भएको सङ्क्रमण सोमबार ह्वात्तै बढेको हो । यो घातक सङ्क्रमणबाट सोमबार ५२ जनाले ज्यान गुमाएका छन् । देशमा कोभिड सङ्क्रमणका कारण ज्यान गुमाउनेहरूको सङ्ख्या २६ हजार एक सय ६१ पुगेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *