कोलोराडोको अरोरामा नेपाली संस्कृति प्रवर्द्धन र प्रचारप्रसार कार्यक्रम

डिसी नेपाल
८ भदौ २०७९ १०:५६

कोलोराडोको अरोरा शहरमा भव्य समारोहबीच “ अरोरा ग्लोबल फेस्ट “ सम्पन्न भएको छ। नेपालीहरुको उल्लेख्य  सहभागिता रहेको उक्त कार्यक्रममा योमरी मयजु कम्पनीका बिजनेस हेड बिनिशा श्रेष्ठ सहभागि भएकी थिइन्।

कार्यक्रम अगावै उनले नेपाल र नेपालीहरुको संस्कृति प्रवर्द्धन र प्रचार प्रसार गर्न के – के गर्न सकिने जानकारी पनि यहाँको न्युज च्यानल CBS Channel 4 tv लाई दिएकी थिइन्।

लगभग १५,००० जनाको सहभागिता रहेको उक्त कार्यक्रममा नेवारी खाजा “समय बजी” सालको टपरीमा निकै रुचाईएको बिनिशाले उल्लेख गरेकी छिन्। अरोरा ग्लोबल फेस्टका कोअर्डिनेटर मिनसु सोंगले नेपाल र नेपालीहरु आ-आफ्नो संस्कृतिलाई औधी माया गर्ने र आउँदा दिनमा पनि यसको प्रवर्द्धन गर्न आफुले सक्दो सहयोग गर्ने पनि जनाईन् ।

कार्यक्रममा विभिन्न देशहरुको आ-आफ्नै मौलिक गीत संगीत, भेष भुषाको पनि प्रस्तुति रहेको थियो। कार्यक्रम सोचेको भन्दा बढी सफल भएको र आउँदा दिनहरुमा नेपालको मात्र एकल उत्सव गर्ने पनि पहल भइरहेको बिनिशाले जनाएकी छिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *